फुकुशिमामा सौर्य उर्जा केन्द्र सुचारु

14 November, 2017 15:37 | जापान | comments | 5100 Views

जापानको फुकुशिमा प्रान्तको नराहामा ११.५ मेगावाट क्षमताको सौर्य उर्जा केन्द्र सुचारु भएको छ ।

नामिकुरा मेगा सोलार पावर प्लान्ट नामक बृहत सौर्य उर्जा केन्द्रको उत्पादक नराहा सिन्डेन्र्योकु एलएलसी रहेको छ भने यसमा २७० मिलियन येनको लगानी रहेको छ । ५१ हजार सोलार प्यानल रहेको यस केन्द्रबाट उत्पादित उर्जा टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ( टेप्को ) लाइ ३२ येन प्रति किलो वाट प्रति हण्टाको दरमा बेचिने छ ।

२०११ के शक्तिशाली भुकम्प तथा फुकुशिमाको आणविक उर्जा केन्द्र तहसनहस भएपछि त्यसको विकल्पको रुपमा उक्त सौर्य उर्जा केन्द्र निर्माण गरिएको हो । २५.७ हेक्टर क्षत्रफलमा फैलिएको यो उर्जा केन्द्रको कुल लगानी ४.५ बिलियन येन रहेको छ ।

प्राधिकरणले घरायसी प्रयोजनका लागि जडान भएको सौर्य उर्जा खरिद गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More