Wednesday 29, March 2017
नेपाली समय: 11:29:24
जापानी समय: 02:44:24

फुकेटमा पर्यटन प्रवद्र्धन कार्यक्रम

10 January, 2017

फुकेटमा पर्यटन प्रवद्र्धन कार्यक्रम

थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावास र फुकेटस्थित अवैतनिक नेपाली कन्सुलेटले गत पुस २१ गते संयुक्तरुपमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेका छन् ।

कार्यक्रम समन्वय गर्न फुकेटस्थित गैरआवासीय नेपाली सङ्घ र थाई नेपाली सङ्घले पनि सहयोग गरेका थिए । कार्यक्रममा करिब एकसय ट्र्रभल एजेन्ट÷अपरेटर, पत्रकार तथा नेपाली सङ्घका प्रतिनिधि सहभागी थिए । कार्यक्रममा फुकेटका सरकारी अधिकारी, उपगभर्नर सनित स्रिविहोक, जनसम्पर्क विभागका प्रमुख र फुकेत पर्यटन बोर्डका अध्यक्षलगायतको उपस्थिति थियो ।

सो अवसरमा फुकेटका लागि नेपाली महावाणिज्यदूत प्रानी सकुलपिपातना तथा राजदूत खगनाथ अधिकारीले नेपालका पर्यटन आवश्यकताबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा काउन्सिलर जङ्गबहादुर गुरुङले नेपालका प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटकको सम्भावनाबारे बोेल्नुभएको थियो भने प्रमुख सचिव रमेशकुमार चर्मकारले नेपालमा ट्र्रेकिङबारे प्रस्तुति गर्नुभएको थियो ।

सो अवसरमा उप गभर्नर सनित स्रिविहोक र गैरआवासीय नेपाली संघका प्रेम दनाइले पनि सम्बोधन गर्नुभएको थियो । सोही दिन राजदूत अधिकारीले फुकेटका गभर्नरसंग भेट गरी आपसी चासोका विषयमा छलफल गर्नु भएको थियो ।

पर्यटन प्रवद्र्धनका लागि काठमाडौँमा हिमालय ट्राभल मार्ट हुने (भिडियो)

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo