फुटबल खेल्दाखेल्दै एक युवकको मृत्यु

11 October, 2017 19:33 | खेल | comments | 4500 Views

मृत्यु

विजयदशमी तथा शुभदीपावलीको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई मङ्गलबार उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

स्थानीय चुरे जनजागृति क्लबले आयोजना गरेको सो प्रतियोगितामा सहभागी खेलाडी ठाकुरबाबा नगरपलिका– ३ बगनाहा निवासी १७ वर्षीय नरेश थारु खेल्दै गर्दा बेहोस भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

मंगलबार दिउँसो खेल भइरहदा गर्मीका कारण बेहोस भएको हुनसक्ने प्रहरीको अनुमान छ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बेलायतमा एक नेपाली युवकको फुटबल खेल्दाखेल्दै मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More