फुटबल दर्शकबीच झडपमा पर्खाल भत्किँदा ८ जनाको मृत्यु

16 July, 2017 20:04 | खेल | comments | 10200 Views

फुटबल दर्शकबीच झडपमा पर्खाल भत्किँदा आठ जनाको मृत्युसेनेगलको राजधानी डाकारमा स्थानीय फुटबल प्रतियोगितामा भएको दर्शकबीच झडप भएपछिको भागदौडका साथै फुटबल मैदानसँगैको पर्खाल भत्किँदा कम्तीमा आठ जनाको ज्यान गएको छ ।

शनिबार साँझपख भएको सो फाइनल खेलमा दुई पक्षका समर्थकबीच नै विवाद उत्पन्न भएको थियो । निर्धारित समयभित्र खेल नसकिएपछि थपिएको समयभित्र २–१ को स्कोरमा युएस ओवाकम र स्टेट डे मबौरबीच खेल भइरहदा ती दुई पक्षका उनीहरुका पक्षधरको झडप भएको थियो ।

प्रहरीले झडपले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । समर्थकबीचको झडपपछि प्रहरीले अश्रूग्यास प्रहार गरेकाले दर्शक सवै एकैपटक भाग्न खोज्दा ठेलमठेल भएर पर्खाल भत्किन पुगेको थियो ।

भत्किएको पर्खालले च्यापिएर आठ जनाको मृत्यु भएको छ भने अरु ४९ जना गम्भीररुपमा घाइते भएका छन् । भर्खालको ढुङ्गा र इट्टाले पुरिएका र घाउ चोट लागेका घाइतेलाई उद्धारकर्ताले ढिलोगरी मात्र स्वास्थ्य केन्द्रमा पु¥याउन सकेका थिए । उपचाररत ४९ मध्ये अधिकांशको अवस्था निकै गम्भीर रहेको छ ।

फुटबल खेल भईरहेका बेला हुने यस्ता घटना अफ्रिकामा दुर्लभ होईनन् ।  दुई महिना अघि मात्र पनि एङ्गोलामा खेल भइरहेका बेला भएको दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More