फुटसल प्रतियोगिताको उपाधी मकाउको समूहलाई

19 March, 2017 23:38 | एन आर एन न्युज | comments | 3300 Views

footsal

गैरआवासीय नेपाली संघको पाँचौ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनको पूर्वसन्ध्यामा एनआरएनए मलेसियाले आयोजना गरेको फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

शनिवार विभिन्न देशहरुको सहभागिता रहेको खेलमा मलेसियालाई हराउँदै मकाउ पहिलो भएको छ । प्रतियोगितामा बिभिन्न ८ देशका टीम सहभागी भएका थिए । जसमा जापान, मलेसिया, मकाउ, सिङ्गापुर, थाइल्याण्ड, अष्ट्रेलियालगयत देश सहभागी रहेका थिए ।

प्रथम हुने समूहलाई दशलाख येन सहित शिल्ड र पदक तथा र द्वितीय हुने समूहलाई तीन लाख येन, शिल्ड र पदकले पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।

आम्पाङमा भएको प्रतियोगिताको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त र एशिया प्यासिफिक संयोजक किरणबिक्रम थापाले संयुक्तरुपमा उद्घाटन गरका थिए ।

footsal-1

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More