तस्विर प्रदर्शनी तस्विर प्रदर्शनी

  • तस्विर प्रदर्शनी
  • तस्विर प्रदर्शनी

फोटोग्राफर राजिव श्रेष्ठको ” ग्लाम क्यालेन्डर २०१८ ” मेरिल्याण्डमा सार्वजनिक : साथै तस्विर प्रदर्शनी

4 December, 2017 16:26 | प्रबास | comments | 15150 Views

तस्विर प्रदर्शनी

विजय थापा ,मेरिल्याण्ड- अमेरिका मेरिल्याण्डको सिल्भर स्प्रिङ्ग्समा नेपालका ख्याती प्राप्त चर्चित फोटोग्राफर (भाचित्रक)राजिव श्रेष्ठको ” ग्लाम क्यालेन्डर २०१८ ” को सार्वजनिक साथै तस्विर प्रदर्शनी भव्यताको साथ सम्पन्न भएको छ l

नेपालका चर्चित ग्ल्यामर (मनमोहकता )तस्विर खिच्ने मध्ये कै एक राजिव श्रेष्ठ द्वारा अमेरिकाको भर्जिनिया ,न्युयोर्क ,मेसेचुसेट्स राज्य तथा डिसी महानगर क्षेत्रमा अमेरिकामा रहेका नेपाली कलाकार तथा मोडलहरु(नमूना )युवायुवतीका उनले खिचेका छायाचित्रहरुको संग्रह गरिएका तस्विरलाई पात्रो निर्माण गर्दै “ग्लाम क्यालेन्डर २०१८ “को सार्वजनिक गरेका छन् l

श्रेष्ठ हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै छन् भने अमेरिकामा रहेता पनि आफ्नो पेशालाई निरन्तर दिई रहेका छन् l अमेरिकामा रहेतामा पनि उनलाई अमेरिकामा रहेका नेपाली कलाकार ,नमूना महिला तथा पुरुष तथा कलाकार ,मोडल (नमूना) क्षेत्रमा प्रवेश गर्न चाहनेलाई समेतलाई उनले प्रोत्साहन गर्दै सहयोग गर्दै आएका छन् l

उनले नेपालमा रहदा पनि ग्लाम क्यालेन्डर (मनमोहकता भित्ते पात्रो )निकालेका थिए भने त्यसलाई अमेरिकामा पनि त्यसलाई निरन्तरता दिएको बताए l उनले नेपालमा पहिला कलाकारहरुको पोस्टकार्ड (प्रेषकपत्र) त्यसपछि पोस्टर (भित्तेपात्रो )र त्यसपछि ग्लामर क्यालेन्डर (मन मोहकता पात्रो )निकालेको बताए l

तस्विर प्रदर्शनी

आफ्नो संक्षिप्त मन्तब्य राख्ने क्रममा नेपालमा २०६५ सालमा यामाहाले सौजन्य गरेर पात्रो निकालेको बताए l आफुले गरेका उक्त काम बाट मुनाफा कमाउन नसकेको बताए l

अमेरिका आउनु मेरो सपना थियो भन्दै अमेरिकामा आएर पनि पेशालाई निरन्तरता दिएको बताए l ग्लाम क्यालेन्डर २०१८ ” को सार्वजनिक समारोहमा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की प्रमुख अतिथि रहेका थिए भने भने राजदुत कार्कीले शुभकामना दिएका थिए l समारोहमा मोडल (नमुना ) रिमा केसीले उमेर ले मोडेल बन्न नछेक्ने बताउदै आफू परिवारको प्रोत्साहनले समेत यस क्षेत्रमा होमिएको बताइन l

समारोहमा राजिव श्रेष्ठ बारेमा उनको परिचय कार्यक्रम संचालिका सृजना सिंह योञ्जनले गरेकी थिइन् भने कार्यक्रममा ईनेप्लिजका तर्फ बाट विजय थापा तथा डिसी नेपालबाट खेम भट्टचनले राजिवका बारेमा बोलेका थिए l

तस्विर प्रदर्शनी

श्रेष्ठले उनले आफू विदेशमा रहेता पनि आफ्नो पेशालाई निरन्तरता दिएकोमा हर्ष व्यक्त गरेका छन् l

हेगेनका तस्बिर प्रदर्शनमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिवेणी कप

फेसबुक

त्रिवेणी कप

ट्वीटर

सामाजिक सञ्जाल

More