संसद्को बैठक संसद्को बैठक

  • संसद्को बैठक
  • संसद्को बैठक
  • संसद्को बैठक
  • संसद्को बैठक
  • संसद्को बैठक
  • संसद्को बैठक

फौजदारी अभियोग लाग्दैमा पद निलम्बन गर्न नहुने पक्षमा कांग्रेस, बहुमतले पेले संसद अबरुद्ध गर्ने चेतावनी

16 May, 2018 19:59 | राजनीति | comments | 9450 Views

संसद्को बैठक

पमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फौजदारी अभियोग लागेका सांसदको पद स्वतः निलम्बन हुने प्रावधान सहितको प्रतिनिधिसभा नियमावलीको विपक्षमा उभिने चेतावनी दिएको छ ।

नियवमाली संसदमा पेश गर्नुअघि सभामुख कृष्णवहादुर महराले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस नेताहरुले सांसद निलम्बनको प्राबधान राख्न नहुने अडान लिंदै बहुमतले पारित गर्न खोजिए संसद अवरोध गर्ने चेतावनी दिएका छन् ।

कांग्रेस सांसदहरुको सो चेतावनीपछि संसदको बुधवारको बैठकको कार्यसूचीमै राखिएन । सत्तारुढ दल एमालेले भने मतदानबाट भने पनि निमायवली टुंगो लगाउनुपर्ने अडान लिएको छ ।

हत्या, बलात्कार, भ्रष्टाचार लगायत नैतिक पतन ठहरिने कसुरमा सांसद पक्राउ परेमा स्वतः निलम्बनको व्यवस्था गर्नुपर्ने पक्षमा एमाले छ ।यसअघि कांग्रेस र मधेसवादी दलहरुको बिरोधपछि निमायवली मस्यौदा समितिले निलम्बन शब्द नराखी सेवा सुविधा र सांसदको हैसियतमा काम गर्न नपाउने व्यवस्था गरेको थियो ।

तर, एमाले सांसदहरुले कुनै पनि सांसद फौजदारी अभियोगमा पक्राउ परेपछि स्वतः निलम्बन हुनुपर्ने भन्दै संशोधन हालेका छन् । दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभामा मतदानबाट टुंगो लगाउनुपर्ने पक्षमा एमाले उभियो । तर, कांग्रेसले मतदानमा लगिए प्रतिपक्षीय रुप देखाउने भन्दै संसदमा अवरोध सिर्जना गर्ने चेतावनी दिएको छ ।

कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस कुनै पनि सांसदलाई फौजदारी अभियोगमा पक्राउ पर्नासाथ निलम्बन गर्न नहुने पक्षमा उभिएका छन् ।

अदालतमा पुष्टि नभएसम्म अभियोग लाग्दैमा निलम्बन गर्न खोज्नुले नियतमै शंका उब्जिएको कांग्रेस सांसदहरुको आरोप छ नियममावलीमा यदि अदालतले निर्दोष सावित गरे पुनः सांसद पद फिर्ता हुनेछ ।

एमालेले भने हत्या, बलात्कार र भ्रष्टाचारमा पनि सांसदलाई उन्मुक्ति दिने पक्षमा कांग्रेस उभिएको आरोप लगाएको छ । एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले नैतिक पतन देखिने र फौजदारी अभियोगमा पक्राउ परेपछि सांसद पद स्वतः निलम्बन हुनुपर्ने अडानबाट एमाले पछि नहट्ने बताउनुभएको छ ।

यसअघि पनि कांग्रेस भ्रष्टाचारमा जेल सजाय पाएका, बलात्कारमा सजाय पाएका र हत्या अभियोगमा पक्राउ परेकाहरुले पनि चुनाव लड्न पाउनुपर्ने पक्षमा उभिएको एमालेको आरोप छ ।

फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुनुपर्ने माग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
संसद्को बैठक

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!