फ्युल सेल र स्टोरेज ब्याट्रीहरु उत्पादन गर्न सेभेन – इलेभेन र टोयोटाको सहकार्य

21 August, 2017 17:44 | जापान | comments | 10200 Views

सेभेन – इलेभेन जापान कम्पनि लिमिटेड र टोयोटा मोटर कर्पोरेसनले उर्जा संरक्षण र कार्बन डाइअक्साइड उत्सर्जन घटाउने सम्बन्धमा आधारभुत सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार टोयोटाले उत्पादन गरेका फ्युल सेल , स्टोरेज ब्याट्रीहरु सेभेन – इलेभेनका डेलिभरी भ्यान र स्टोरमा राखिनेछन् । कार्बन डाइअक्साइड उत्सर्जन घटाउने लक्ष्यलाई पुरा गर्न दुवै कम्पनीले मिलेर फ्युल सेल पावर सप्लाईमा आधारित मोटर र रेफ्रिजेरेटिङ युनिट भएका नयाँ डिलिभरी ट्रक उत्पादन गर्ने सहमति गरेका छन् ।

स्टोरमा अटोमोटिभ फ्युल सेल युनिट प्रयोग हुने स्टेशनरी फ्युल सेल प्रणाली र अटोमोटिभ स्टोरेज ब्याट्री प्रयोग हुने स्टेशनरी स्टोरेज ब्याट्री प्रणाली पनि राखिनेछ । सेभेन – इलेभेन र टोयोटाले फ्युल सेललाई हाइड्रोजन स्टेशन जडित आधारभुत उर्जा स्रोत र स्टोरेज ब्याट्रीलाई प्रकोपको समयमा आपतकालिन उर्जा स्रोतको रुपमा प्रयोग गर्ने योजना बनाएका छन् ।

उनीहरुले कार्बन डाइअक्साइड उत्सर्जन घटाउन उर्जा स्रोत र चालु सौर्य उर्जा उत्पादन प्रणलीलाई संयुक्त रुपमा प्रयोग गर्ने एनर्जी म्यानेजमेन्ट सिस्टम ( इएमएस ) पनि विकास गर्ने भएका छन् ।

वातावरण समस्या समाधान गर्न सेभेन – इलेभेनले आफ्नो स्टोरका छानामाथि सौर्य उर्जा प्रणाली प्रयोग गर्न थालनी गरेको थियो । आफ्नो उर्जा खपतको विकल्पको रुपमा सेभेन – इलेभेनले २०१६ मे महिनाको अन्त्यसम्ममा ७६२४ स्टोरमा सौर्य उर्जा प्रणाली जडान गरिसकेको थियो ।

आठ आयोजनाबाट अपि पावरलाई सौर्य उर्जा उत्पादन गर्न अनुमति

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More