फ्राईडे रिलिज : ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ पर्दामा

12 January, 2018 16:23 | कला/मनोरन्जन , कलिउड | comments | 12150 Views

फ्राईडे रिलिज अन्तर्गत यो साता दुई नेपाली फिल्म पर्दामा आएका छन्। फिल्म ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ आजबाट प्रदर्शन भएका   हुन् ।

रामबाबु गुरुङ निर्देशित ‘मिस्टर झोले’ र ओम प्रतिक गुरुङ निर्देशित ‘बटरफ्लाई’ दुवैले मल्टिप्लेक्स एवं सिंगल थिएटरमा सो पाएका छन्।म गाउँदिन अब गीत गजल’ गीतबाट ‘बटरफ्लाई’ले राम्रो हाइप बनाएको छ भने ‘मिस्टर झोले’को ‘ओखती’ गीत पनि उतिक्कै चर्चित छ ।

 ट्रेलर-

मिस्टर झोलेमा दयाहाङ राई, दिया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ। फिल्ममा निर्देशक रामबाबुकै कथा लेखन रहेको छ भने निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र विक्रम स्वरको कोरियोग्राफी रहेको छ।

  ट्रेलर-

त्यस्तै ‘बटरफ्लाई’मा प्रियंका कार्की, आर्यन अधिकारी, रविन्द्र खड्का, अर्पण थापा, पुराण थापा, सुष्मा कार्की लगायतको अभिनय रहेको छ।पुष्पान्जली अधिकारी , रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति । सुरेश बज्रचार्य फिल्मका छायाँकार हुन् ।

‘मिस्टर झोले’को पोस्टर तथा रिलिज मिति सार्वजनिक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाना

फेसबुक

बाना

ट्वीटर

सामाजिक सञ्जाल

More