फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजी पक्राउ

20 March, 2018 20:56 | विश्व समाचार | comments | 30000 Views

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई फ्रान्सेली प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको हो ।

६३ वर्षीय सार्कोजीले चुनावी अभियानका क्रममा गरेको लगानीलाई लिएर अनुसन्धानका लागि हिरासतमा लिएको हो । सार्कोजीले चुनावी अभियानका क्रममा लिबियाको बाटो हुँदै अवैध रकम लिएर खर्च गरेको अभियोग त्यहाँको प्रहरीले लगाएको छ ।

फ्रान्सेली पत्रिका मोन्डेले त्यहाँको न्यायालय स्रोतलाई उधृत गर्दै लेखेको समाचार अनुसार प्रहरीले सार्कोजीमाथि अवैध रकम लिएर चुनावी अभियानमा खर्च गरेको अभियोग लगाएको छ ।

पक्राउ परेका सार्कोजीबारे उनका वकीलले अहिलेसम्म औपचारिकरुपमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पर्यटकीय पदमार्ग निर्माण शुरु

फेसबुक

पर्यटकीय पदमार्ग निर्माण शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More