Thursday 23, February 2017
नेपाली समय: 11:05:25
जापानी समय: 02:20:25

फ्रान्सेली राष्ट्रपतिको निर्वाचनमा जासुसीः विकिलिक्स

18 February, 2017

images

विकिलिक्सद्वारा बिहीबार सात पृष्ठ लामो एक दस्तावेज सार्वजनिक गर्दै फ्रान्सको सन् २०१२ मा भएको राष्ट्रपतिको निर्वाचनमा जासुसी गर्न अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) ले आफ्ना अधिकारीहरुलाई निर्देशन दिएको जनाइएको छ ।

बिहीबार राति विकिलिक्सद्वारा उक्त दस्तावेजलाई सार्वजनिक गर्दै भनिएको छ, अमेरिकी जासुसहरु अनधिकृत रुपमा निर्वाचन अभियानलाई प्रभावित तुल्याउन खटिएको बताइएको छ ।
विकिलिक्सद्वारा प्रकाशित सीआईएसम्बन्धी गोप्य दस्तावेज असाधारण भए पनि निर्देशन सामान्य सूचना सङ्कलन जस्तो देखिएको छ ।

फ्रान्सेली सञ्चारमाध्यमले दस्तावेजबाट निर्वाचन हुनुभन्दा दुई महिना पहिले सार्वजनिक यस सूचनालाई खासै महत्व भने दिएको पाइएन । सीआईएद्वारा दस्तावेजबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

विकिलिक्सले दस्तावेज कहाँबाट आएको हो भन्ने विषयमा प्रतिक्रिया नदिएको तर इमेलमार्फत सूचना आधिकारिक भएको जनाएको छ ।

 

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads