बचत रकमबाट एन्फालाई खेलकुद सामग्री
बाह्र वर्ष उमेर समूहका बाल खेलाडीमार्फत नेपाललाई पहिलोपटक अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगितामा सहभागिता गराएको जापानको एक नेपाली खेल संस्थाले बचत रकमबाट नेपाल फुटबल सङ्घ एन्फालाई खेलकुद सामग्री उपलब्ध गराउने भएको छ ।
एक महिनाअघि जापानमा सम्पन्न अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगितामा सहभागिताका लागि उठाइएको आवास खर्चबाट बचत भएको दुई लाख १७ हजार ४३१ जापानी रुपैयाँको खेलकुद सामग्री सहयोग गरिने भएको हो ।
जापान बाल फुटबल सहयोग समितिका संयोजक शरदकुमार गौचनले बाल खेलाडीको आवासका लागि उठाएको बचत रकमबाट एन्फालाई खेल सामग्री सहयोग गर्ने निर्णय भएकोे जानकारी दिनुभयो ।
संयोजक गौचनका अनुसार उक्त प्रतियोगितामा जापानमा रहेका विभिन्न फुटबल क्लबका २२ टिम र मेक्सिको, अस्ट्रेलिया, इङ्ल्यान्ड, जर्मन, हङ्कङसहितका २८ टिमसँग नेपाली बाल खेलाडी भिडेर नेपाललाई तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।
जापानका १२ अञ्चलबाट विजय भएर खेलमैदानमा भिडेका चार जापानी टिम र हङ्कङ, अस्ट्रेलियालगायतका टिमलाई हारको साक्षी बनाएका बाल खेलाडी नेपालको पश्चिमाञ्चल क्षेत्रका ६०० जनाबाट छानिएर आएका खेलाडी थिए ।
प्रतियोगितामा नेपाली बाल खेलाडी नेपाल ११ टिमको नाम परिचित प्रतियोगितामा १० वर्षका दुईजना, १२ वर्षका दुईजना र ११ वर्षका १० जना गरी १४ जना खेलाडी रहेको सहप्रशिक्षक वसन्त गौचनले बताउनुभयो ।
आवास, यातायातलगायत गरी २६ लाख ८८ हजार ३६० रुपैयाँ खर्च कटाएर बचत गर्न सफल भएको दुई लाख १७ हजार ४३१ जापानी रुपैयाँ बराबरको खेल सामग्री खरिद गरी एन्फालाई सहयोग गर्ने निर्णय भएको भयो ।
पहिलोपटकको प्रयासमा नेपालले तेस्रो स्थानमा उत्कृष्ट खेल प्रदर्शन गरेकाले अर्कोपटक सहजै स्थान पाउँछ उहाँले भन्नुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- ३३ किलो सुन काण्डः बयानका क्रममा शौचालय गएका डिएसपी फरार
- चिनको एक होटलमा आगलानीः १८ को मृत्यु
- ट्यांकरमा ताला लगाएर पेट्रोलियम ढुवानी सुरु
- थाइल्याण्डमा ट्रम्प र किमलाई वार्ताका लागि आग्रह
- शुल्क फिर्ताको माग गर्दै विद्यार्थीद्वारा आन्दोलनको घोषणा
- पार्टी एकताको मिति बैसाख १४ मा टुंगो लाग्छः अध्यक्ष दाहाल
- औषधी विभागका दुई अधिकृत घुससहित पक्राउ
- प्रदेश नं ३ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- धरानमा गोली चल्यो,फरार अभियुक्त समातिए
- पुनःनिर्माणमा सुस्तताः आवश्यक ७.०६ खर्ब, खर्च १.२ खर्ब
- शेरबहादुर खड्का स्मृति महिला भलिबललाई ग्लोबल आईएमईको साथ
- अपिनाम्पामा पर्यटक आगमनमा कमी
- टाटा सुमोको ठक्करबाट एकको मृत्यु
- अर्जुन र जुना विरेन्द्रको ”हरेक साँझ”मा(भिडियो सहित)
- भारतीय पूर्व विदेश सचिव जयशंकर टाटाको विश्व कर्पोरेट मामिला प्रमुखमा नियुक्त
- पर्यटन मन्त्री अधिकारीको संयोजकत्वमा निजगढ विमानस्थल निर्माण समिति
- फुटबलले जगाएको आशा
- कोलकातामा नेपाली नृत्य
- तीन महिनाका लागि प्रदेश दुईको सरकारले ल्यायो १ अर्ब बढी बजेट
- जापानको बढ्दो श्रमिक समस्याको विकल्प मानवयन्त्र
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


