बजेट कार्यान्वयनमा लाग्न मुख्यमन्त्रीको निर्देशन

28 July, 2018 10:16 | प्रदेश , प्रदेश १ | comments | 22350 Views

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवलाई शुक्रबार निर्देशन दिनु भएको छ ।

adsads

मुख्यमन्त्री कार्यालयले शुक्रबार आयोजना गरेको आव २०७५÷७६ को वार्षिक बजेट तथा कार्यान्वयन कार्यक्रम कार्य योजनाको छलफलमा मन्त्री तथा सचिवलाई मुख्यमन्त्री राईले उक्त निर्देशन दिनु भएको हो । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा प्रदेशका सबैको सकारात्मक धारणा छ, अब यसको कार्यान्वयन पक्ष कस्तो हुन्छ ? भनेर सबैको ध्यान केन्द्रित भएको छ उहाँले भन्नुभयो ।

मुख्यमन्त्री राईले बजेटको प्रभावकारी ढंगले कार्यान्वयन आजैदेखि लाग्नुपर्नेमा जोड दिँदै बजेट सफल ढंगले कार्यान्वयनबाट जनताका सपना पूरा गर्न र प्रदेशको समृद्धिको यात्रा सफल हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले बजेट कार्यान्वयनमा केही चुनौती र समस्या रहेका छन् भन्दै व्यवस्थित ढंगले समस्या हल गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राईले संघीय सरकारले प्रदेश सरकारसमक्ष हस्तान्तरण हुनुपर्ने संरचनाहरु अहिलेसम्म हस्तान्तरण नभएको बताउँदै यस सम्वन्धमा संघीय सरकारसँग बारम्बार संवाद गरिरहेको र ती संरचनाहरु हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सबै मन्त्रालयका सचिवहरुले बजेट कार्यान्वयनको मार्गचित्र प्रस्तुत गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More