पहिरो पहिरो

  • पहिरो
  • पहिरो
  • पहिरो
  • पहिरो
  • पहिरो
  • पहिरो

बझाङको पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको मृत्यु

21 July, 2018 23:43 | जन सरोकार | comments | 8700 Views

पहिरो

बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा शनिबार दिउँसो पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी ३२ वर्षीय बुहारी महेश्वरी थापा र उनका छ वर्षीया छोरा कृष्ण थापा र सोही गाउँका २० वर्षीय मंगल थापा रहेको घटनास्थलमा खटिएका वडा सदस्य प्रेमबहादुर थापाले जानकारी दिनुभयो ।

adsads

महेश्वरी वडा नं. ६ की महिला स्वास्थ्य स्वयंमसेविका पनि हुन् । गाउँ नजिकै रहेको शिव मन्दिर पहिरो जाँदा चौतारामा बसिरहेका र बाटोमा हिँड्दै गरेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटनामा परी अन्य दुई जना घाइते भएका छन् । पहिरोमा परी सोही गाउँका पाँच वर्षीय कविराज थापा र रिकेश थापा घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पहिरो

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More