बढी कर तिर्ने सुर्य नेपाल र सिद्धार्थ शम्शेर जबरा, १५ विधामा बढी कर तिर्ने सम्मानित

17 November, 2017 19:04 | अर्थ | comments | 17700 Views

आन्तरिक राजस्व विभागले राजधानीमा गरेको कार्यक्रममा मुख्यसचिव लोकदर्शन रेग्मी र  राजश्व सचिव शिशिर ढुंगानाले  उत्कृष्ट करदाताहरुलाई  सम्मान छन् ।

व्यवसायी सिद्धार्थ शमशेर जबरा चौंथोपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बनेका छन् ।  छैठौं राष्ट्रिय कर दिवसको समारोहमा जबरालाई सरकारले धेरै आय कर तिर्ने व्यक्तिका रुपमा सम्मान गर्‍यो । उनले लगातार तीनपटक ब्यक्तिगत रुपमा सबैभन्दा बढी आयकर तिरेका छन् । त्यसअघि पनि उनले एकपटक धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मान पाएका थिए ।

सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष रहेका जबरा सफल ब्यावसायीका रुपमा स्थापित छन् । व्यापार/ब्यवसायतर्फ धेरै आय कर तिर्ने कम्पनीका रुपमा राणाकै कम्पनी सिप्रदी ट्रेडिङ सम्मानित भएको छ । सबैभन्दा बढी मूल्यअभिवृद्धि कर (भ्याट) तिर्ने तिर्ने कम्पनीको सम्मान पवनकुमार इन्टरनेेशनलले पाएको छ ।

यो वर्ष सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । भर्सन्ड टेक्नोलोजी सबैभन्दा बढी कर तिर्ने निर्यातकर्ता बनेको छ । त्यस्तै कृषि तथा पशुपंक्षीतर्फ उत्कृष्ट आयकरदाता राष्ट्रिय बिउबिजन कम्पनी ठहरियो । यसैगरी सहकारीतर्फ राष्ट्रिय सहकारी बैंकले सबैभन्दा धेरै आयकर बुझाउँदै सम्मान पाएको छ । बैंकतर्फ हिमालयन बैंक पनि उत्कृष्ट आय करदाताको रुपमा सम्मानित भएका छन् ।

वीमातर्फ नेपाल पुनर्बिमा कम्पनीले बढी आय कर तिरेको छ भने सूचना प्रविधिमा वर्ल्ड लिंक सम्मानित भएको छ । ५ करोडसम्मका साना आयकरदातामा डा. उपेन्द्र देवकोटा र ५ करोडदेखि ४० करोडसम्म मझौला आयकरदाताको रुपमा गोरखा डेभलपमेन्ट बैंक समानित भएका छन् ।

पुस मसान्तसम्मभित्र कर नतिर्नेलाई कडा कारबाही

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More