बढ्दो तापक्रमका कारण मृत्यु हुनेको संख्या १ सय ३८, अस्पताल भर्ना हुनेको संख्या ७० हजार नाघ्यो

7 August, 2018 22:09 | जापान | comments | 11400 Views

जापानमा केही सातायताको बढ्दो तापक्रमका कारण १ सय ३८ जनाले ज्यान गुमाइसकेका छन् भने अस्पतालमा भर्ना हुनेको संख्या ७० हजार पुगेको छ ।

सरकारी आँकडा अनुसार पछिल्लो तीन महिनामा जापानमा बढ्दो तापक्रमको कारण ती मानिस अस्पताल भर्ना भएका हुन् ।

adsads
गत अप्रिल ३० देखि अगष्ट ५ सम्ममा कुल ७१२६६ जना गर्मिको थकान तथा गर्मीको प्रकोपले अस्पताल भर्ना भएका थिए ।

गर्मीका कारण यस वर्ष घाइते हुनेको संख्या हालसम्मकै सबैभन्दा बढी रहेको छ । यस अघि सन् २०१३ को जुन १ देखि सेप्टेम्बर ३० सम्ममा ५८७२९ जना घाइते भएका थिए ।

जुलाई २३ मा मात्र टोक्यो नजिकको सिटमा प्रान्तको कुमगायामा तापक्रम हालसम्मकै उच्च अर्थात् ४१.१ सेल्सियस पुगेको थियो भने गत सोमबार गिफु प्रान्तको गेरोमा हाल सम्मको दोश्रो उच्च अर्थात् ४१.० सेल्सियस पुगेको थियो ।

त्यसै गरी टोक्योमा ५९९४ जना मानिस अस्पताल भर्ना भएका छन् भने ओसाकामा ५२७२ र आइची प्रान्तमा ५१९५ जना अस्पताल भर्ना भएका छन् ।

७१२६६ जनामा १६५१ जना गम्भीर रुपमा बिरामी भएका छन् र तीन हप्ता सम्म अस्पतालमा रहने पर्ने भएको छ ।

त्यसै गरी २९०७० जनाको ४० प्रतिशत मानिस घरै बाट अस्पताल पुराइयेको थियो भने ५०६८ जना शैक्षिक सुबिधा प्रधान गर्ने क्षेत्रबाट अस्पताल पुराइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More