बनेपा तनावग्रस्त भएपछि अरनिको राजमार्ग अवरुद्ध

17 November, 2017 21:41 | जन सरोकार | comments | 27750 Views

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएपछि सुरु भएको विवाद झडपमा परिणत भएपछि बनेपामा तनाव भएको छ । ट्रिपरको ठक्करबाट घाइतेका पीडित पक्षले गरेको प्रदर्शन नियन्त्रणवाहिर गएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

परिस्थिति तनावग्रस्त भएपछि प्रहरीले बजार बन्द गराएको छ । बनेपामा बा २ ख ६१ ७३ नम्बरको लोढ भएको ट्रिपरले ना १६ प २७१७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । बनेपा हुँदै काठमाडौं तर्फ गईरहेको ट्रिपरले फरक साईडमा गएर मोटरसाईकललाई ठक्कर दिइएको बताईएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार चालक धुलिखेल नगरपालिका २ बस्ने बिशाल तामाङ रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु: चिकित्सक आन्दोलित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More