बन्दैछ एनआरएनएको लाप्राक नमुना वस्ती तर जटिलता थुप्रै

21 April, 2017 15:49 | एन आर एन न्युज

लाप्राक नमुना वस्ती

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त भएको गोरखाको लाप्राक गाउँमा एकीकृत नमूना वस्तीको काम चलिरहेको भए पनि यसको प्रगति सोचेजस्तो छैन । भौगोलिक विकटता र वर्षाका कारण काम गर्न गाह्रो भैरहेको स्पेनबाट श्रमदानका लागि पुगेका एक स्वयंसेवकले बताएका छन् ।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका सचिव सुनिल रानाभाट बुधबार निर्माणस्थल पुगेपछि लाप्राक बस्ती उठाउँन, बोले जस्तो सजिलो नभएको अनुभव सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ पानि परेपछि गाडी चलेन करिव ५ घण्टाको पैदलमा बस्ती निर्माण भएको ठाउँमा पुगियो दुर्गम हिमाली क्षेत्रमा घर बनाउने एनआरएनको सोचलाई मान्नै पर्छ तर विदेशमा बसेर लाप्राक बन्दै छ भनेर मात्र हैन ,कुनै न कुनै रुपमा सबैले सहयोग गर्न सकिएन भने नमुना बस्ती उठाउँन धेरै गाह्रो छ ।

निर्माण टिममा खटिएका बद्री राजभण्डारीले दिएको जानकारी अनुसार पाँच सय ७३ घरहरु मध्ये हालसम्म १ सय ३५ घरहरुमा मात्र जग हाल्ने काम सम्पन्न भएको छ । उहाँका अनुसार निर्माण कामलाई तिब्रता दिन कामदारको संख्या थप्नुपर्छ, काम गरिरहेका स्वयंसेवकलाई पनि राम्रोसँग संयोजन गरेर परिचालन गर्न जरुरी छ ।

प्रत्येक राष्ट्रिय समन्वय परिषदहरुले श्रमदानका लागि, कुनै न कुनै रुपमा स्वयंसेवक खटाउने बाताबरण तय गर्न सके मात्र निर्माण प्रक्रियालाई ठुलो सहयोग मिल्ने पनि रानाभाटको कथन छ ।

लाप्राक नमुना वस्ती

त्यसो त निर्माण प्रक्रियामा नेपाली सेनाको ठुलो सहयोग मिलिरहेको छ । निर्माणमा खटिएका अन्य स्वयंसेवकहरुलाई पनि संयोजन गरेर सेनाले जस्तै काम गर्ने वातावरण बनाउन सके बस्ती निर्माण प्रक्रियाले तीब्र गति लिने र तोकिएकै समयमा सकिने थियो ।

लाप्राक नमूना बस्तीमा एनआरएनए पदाधिकारी श्रमदान गर्दै, श्रमदान गर्न सबैलाई आव्हान

ads
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More