बन्ने भयो, नेपाल भाषाको फिल्म ‘लाखे भाजु’

11 October, 2017 15:09 | कला/मनोरन्जन , कलिउड | comments | 20400 Views

 

नायिका अशिष्मा नकर्मी फिल्म निर्माणतर्फ अग्रसर भएकी छन । उनी  नेपाल भाषामा निर्माण हुन लागेको फिल्म ‘लाखे भाजु’ बाट निर्मात्री बन्न लागेकी हुन्  ।

अशिष्मा प्रस्तुतकर्ता रहेको फिल्म ‘लाखे भाजु’को मंगलवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो ।फिल्मलाई आर्यम नकर्मीले निर्देशन गर्नेछन् । फिल्मको कथा पनि उनी आफैले लेखेका हुन् ।नायिका अशिष्माले नेवार समुदायको परम्परागत लाखे नाचमा आधारित भएर फिल्म निर्माण हुने बताइन् ।

फिल्मले लाखे नाच्ने एक यूवकको प्रेमकथा बोल्नेछ । फिल्ममा अशिष्मा मुख्य भूमिकामा छिन् । अशिष्मासँगै फिल्ममा सोहित मानन्धर, मदनदास श्रेष्ठ, नगिना जोशी, कृष्णभक्त महर्जन लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

प्रदीप कुमार उदय परिकल्पनाकार रहेको फिल्मका निर्माता नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, चिजकुमार श्रेष्ठ, सुन्दरराज भण्डारी र दीपक श्रेष्ठ हुन् । ५० लाख लागतमा निर्माण हुने यो फिल्ममा सुशन प्रजापतिको छायांकन, मनराजा नकर्मीको संगीत, खड्ग बहादुर तामाङको नृत्य रहनेछ ।

बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली फिल्म निर्माण गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

यू १६

फेसबुक

यू १६

ट्वीटर

सामाजिक सञ्जाल

More