Thursday 27, April 2017
नेपाली समय: 11:01:44
जापानी समय: 02:16:44

बरुण नदीको बाढीले अरुण थुनियो, तराईका पाँच जिल्लामा उच्च शतर्कता

21 April, 2017

arun-river-copy

सङ्खुवासभा भोटखोला गाउँपालिकाको स्याक्सिला गोलामा बरुण नदीमा आएको बाढी पहिराका कारण अरुण नदी थुनिएपछि तराईका जिल्लामा उच्च शतर्कता अपनाइएको छ ।

समाचार अनुसार बिहीबार साँझदेखि नदी थुनिएपछि करिब तीन किलोमिटर लामो ताल बनेको छ । नदी थुनिएपछि बरुण बजार क्षेत्रको तीनवटा घरमा पूर्णरुपमा क्षति पुगेको छ भने चारवटा घर उच्च जोखिममा परेको छ ।

पहिराका कारण चीनसँगको नाका किमाथाङ्का जाने बाटोसमेत बन्द भएको छ भने तराईमा सप्तकोशी नदी किनारमा कुनै गतिविधि नगर्न शतर्क गरिएको छ ।

अहिले तराईका जिल्लामा कोसी किनारका स्थानीयलाई ुहाइ अलर्टुमा रहन प्रशासनले उर्दी जारी गरेको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले अरुण नदीमा बनेको ताल फुटेर एक्कासी आउँदा हुने क्षति न्यूनिकरण गर्न कोसी किनारका स्थानीयलाई हाइ अलर्टमा रहन सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले नदीको तटीय क्षेत्रका बासिन्दालाई चनाखो रहन र उद्धारका लागि स्थानीय तथा सुरक्षा निकायलाई एलर्ट रहन निर्देशन समेत दिएको छ ।

नदीको किनारमा माछा मार्न, गाईबस्तु चराउन र डुंगामा आवतजावत गर्न अनिश्चितकालका लागि रोक लगाएको छ ।

नदी थुनिएपछि कपासे, भोटखोला गाउँपालिका ४ र ५ नं वडा, तावाखोला तथा अरुण किनारका अन्य वस्ती जोखिममा परेका छन् । ताल फुटेको खण्डमा अरुण तेस्रो आयोजनास्थल केवावेसी तुम्लिङटारदेखि धनकुटाको महालक्ष्मी नगरपालिकाको दमार र लेगुवा बजार, शहिदभूमि गाउँपालिकाको त्रिवेणी क्षेत्रको वस्तीमा क्षति पुग्ने अवस्था छ । बरुण नदी अरुण नदीमा आएर मिसिन्छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार अहिले सो क्षेत्रमा ३६ जनाको प्रहरी टोली परिचालन गरिएको छ । जिल्लामै रहनुभएका स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ नदी थुनिएको क्षेत्रतर्फ जानुभएको छ ।

यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदीमा थुनिएको पानी सावधानीपूर्वक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

मन्त्रालयका अनुसार सो टोलीमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का, गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भविद्, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, नेपाली सेनाको प्राविधिक टोली, सशस्त्र प्रहरी तथा जल उत्पन्न प्रकोप विभागका प्रतिनिधिलगायत हुनुहुन्छ ।

बरुण नदी थुनिएपछि अरुणमा बन्यो २ किलोमिटरको ताल

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo