बर्दिवास नगरपालिकामा मधेशवादीसहित नौ दलको संयुक्त प्यानल

21 April, 2017 17:14 | राजनीति | comments | 6150 Views

bardibas-municipality

मधेश केन्द्रित दलले स्थानीय तहको चुनाव बिथोल्ने रणनीति अख्तियार गरिरहेकै बेला बर्दिवासमा भने मधेश केन्द्रित दलसहितका नौ दले संयुक्त प्यानलमा उम्मेदवारी दिने प्रतिबद्धता जनाएका छन् ।

यसरी मधेशवादी दलको चुनावी मोर्चा बन्नुलाई राजनीतिक क्षेत्रमा राम्रो कामको सुरुवात भएको प्रतिक्रिया आएको छ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनमा नौ दलले संयुक्त प्यानल दिने प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय मधेश समाजवादी पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा संयुक्त, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल लोकतान्त्रिक फोरम, नेपाल सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र तराई मधेश सद्भावना पार्टीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनमा नौ दलको संयुक्त प्यानल हुने लिखित प्रतिबद्धता जनाएका हुन् ।

‘स्थानीय तहको निर्वाचन भएमा हाम्रो संयुक्त प्यानल हुनेछ’, नौ दलीय गठबन्धनले प्रसारित गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो पटक निर्वाचन केन्द्रित नौ दलको गठबन्धन बनेपछि बर्दिवासमा यससम्बन्धी चासो निकै बढेको छ । नौ दलबीच बनेको गठबन्धनमा भर्खरै पार्टी एकीकरण गरेका छ मधेस केन्द्रित दलमध्ये चार दलका स्थानीय नेताको सहभागिताले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सहयोग पुग्ने नेपाली काँग्रेसका महासमिति सदस्य चिरिञ्जीवी हमालको धारणा छ ।

त्यसैगरी नेकपा एमालेका बर्दिवास नगर संयोजक शारदाप्रसाद ढुङ्गाना र नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु खड्काले पनि निर्वाचन केन्द्रित नौ दलीय गठबन्धनले विकास कार्यमा दलबीच सहकार्यका लागि सहज वातावरण बनाउने प्रतिक्रिया दिनुभएको छ ।

यसैबीच नौ दलीय गठबन्धनका लागि सक्रिय भूमिका निर्वाह गर्नुुभएका नयाँ शक्ति पार्टी नेपाल बर्दिवास नगरका इन्चार्ज लीलाहरि खतिवडाले नौ दलीय गठबन्धन बर्दिवास नगरको विकासमा महत्वपूर्ण र सकारात्मक फड्को भएको बताउनुभएको छ ।

मधेशवादी आन्दोलन र संविधानको पुनर्लेखनको प्रश्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More