बसको ठक्करबाट किशोरीको मृत्यु

13 October, 2017 19:51 | जन सरोकार | comments | 8700 Views

 

चितवनमा बसको ठक्करबाट एक किशोरीको ज्यान गएको  छ । तनहुँ बैदी घरभएकी २२ वर्षीया निशा थापाको मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चौबिसकोठीबाट नारायणगढतर्फ जाँदै गरेको ना ३ ख २२८० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ३० प ५५०० नम्बरको मोटरसाइकललाई आज बिहान भरतपुरको वीरेन्द्र क्याम्पस गेट अगाडि ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार थापाको मृत्यु भए पनि चालक भने सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

गुडिरहेको जीपबाट खसेर किशोरीको मृत्यु

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More