बस पल्टिँदा १० जना यात्रु घाइते

23 September, 2017 18:35 | जन सरोकार | comments | 17400 Views

 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक ना५ख २६४८ नं को बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन्।

शनिबार धनगढीबाट महेन्द्रनगरतर्फ द्रुत गतिमा जाँदै गरेको बस सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय झलारीले जानकारी दिएको छ ।

घाइतेको झलारी बजारमा रहेको निजी क्लिनिकमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइते हुनेमा बाजुराका २६ वर्षीय गौरी बोहरा, ४२ वर्षीय तुलाराम जोशी, ३५ वर्षीया लीला थापा, उनकै डेढ वर्षीय छोरा सुमन थापा, ३६ वर्षीय दुर्गा जोशी घाइते भएका छन्।

यसैगरी, घाइते हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिका ३५ वर्षीय जयराज भट्ट, ५५ वर्षीय जयबहादुर काफ्ले, ६२ वर्षीय खडकराज जोशी गोदावरी नगरपालिकाका ५५ वर्षीय दलबहादुर विष्ट र ३७ वर्षीय दानसिंह धामी रहेका छन्। बसका चालक इप्रका झलारीको नियन्त्रणमा रहेका छन्।

स्कूल बसले किचेर विद्यार्थीको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

यू १६

फेसबुक

यू १६

ट्वीटर

सामाजिक सञ्जाल

More