बहुमूल्य पत्थर देखाउँदै लुटपाट गर्नेहरु ९० लाख नगद र हतियारसहित पक्राउ

17 December, 2017 23:38 | जन सरोकार | comments | 16800 Views

इलाममा बेवारिसे हतियार फेला परेको केही दिन बित्न नपाउँदै सोही घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु बहुमूल्य ‘पत्थर दिन्छु भन्दै ठूलो रकम र जग्गा लिएर ठगी गरेको रकमसहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट ९० लाख १० हजार रुपैयाँ नगद, ३ थान पेस्तोल र ८ वटा गोली समेत बरामद गरिएको छ ।

पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–१ बस्ने ३२ वर्षीय राजबहादुर तामाङ, फिदिम नगरपालिका–१० बस्ने ३३ वर्षीय भयप्रसाद विक, पाँचथर फालेलुङ गाउँपालिका–८ बस्ने ५४ वर्षीय महेन्द्रकुमार दर्जी, फाल्गुनन्द गाउँपालिका–४ का ४४ वर्षीय रुद्रकुमार नेम्वाङ र फाल्गुनन्द गाउँपालिका–६ का ६० वर्षीय योगेन्द्रप्रसाद आङ्दम्बे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, इलामले आइतबार पत्रकारसम्मेलन गर्दै घटना सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा पक्राउ पर्नेहरुका साथबाट रु ९० लाख १० हजार रकमसमेत बरामद गरिएको इलामका प्रहरी प्रमुख विपिन कर्माचार्र्यले जानकारी दिनुभयो ।

सोही घटनामा संलग्न विर्तामोडका योगेश राईलाई पनि झापा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर अनुसन्धान भइरहेको इलामका प्रहरी प्रमुख कर्माचार्यले जानकारी दिनुभयो ।

मंसिर २५ गते राति इलामको तिल्केनीमा भएको लुटपाटको घटना सार्वजनिक भएको थियो । प्रहरीको अनुसन्धानबाट उक्त लुटपाट भनिएको घटना नक्कली भएको खुल्न आएको छ । लुटपाटका योजनाकार राजबहादुरले योजनाबद्ध तरिकाले सो घटना घटाएको पनि अनुसन्धानमा खुलेको बताइएकोे छ ।

योजनाकार तामाङले प्रहरीसमक्ष आफूसँग बहुमूल्य रत्न छ भनी पाँचथरका राजेन्द्र रिजाल, तारा भट्टराई र डिल्ली ढुंगानालाई रत्नको मूल्य धेरै पर्ने तर तपाईंलाई सस्तोमा दिने भन्दै नगद रु दुई करोड ५७ लाख ५८ हजार र ६० लाख मूल्य पर्ने जग्गा ठगेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको थियो । सो रकम लुटिएको देखाउनलाई सो घटनाको योजना गरेको पनि खुल्न आएको छ ।

हतियार, लागूऔषध र नगदसहित पक्राउ परे मोस्ट वान्टेड अख्तर

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More