बाँकेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ को अवस्था गम्भीर

10 October, 2017 16:10 | जन सरोकार | comments | 171600 Views

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बस बाँकेको कुसुमस्थित लौकीखोला पुल नजिकै  दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना यात्रु गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको बस दुर्घटना हुँदा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् जस मध्ये ११ को अवस्था गम्भीर छ ।

adsads
मृतकमध्ये सशस्त्र प्रहरी गण विराटनगरमा कार्यरत सिपाही रविन्द्र पाण्डेको मात्र सनाखत भएको छ । एक महिला र एक पुरुषको परिचय खुलेको छैन।

घाइतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए । दुर्घटनापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र बाँके निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री मेयर गणका सैनिकहरुले घाइतेहरुको उद्धार गरेका थिए।

जिप दुर्घटनामा दुईको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More