काठमाडौँ उपत्यका खानेपानी लिमिटेड काठमाडौँ उपत्यका खानेपानी लिमिटेड

  • काठमाडौँ उपत्यका खानेपानी लिमिटेड
  • काठमाडौँ उपत्यका खानेपानी लिमिटेड
  • काठमाडौँ उपत्यका खानेपानी लिमिटेड
  • काठमाडौँ उपत्यका खानेपानी लिमिटेड
  • काठमाडौँ उपत्यका खानेपानी लिमिटेड
  • काठमाडौँ उपत्यका खानेपानी लिमिटेड

बाग्मतीको मुहानमै अप्रशोधित पानी वितरण, स्थानीयवासीको गुनासो

6 July, 2017 09:34 | जन सरोकार | comments | 103500 Views

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड

उपत्यकामा सबैभन्दा बढी खानेपानी निर्यात गर्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सुन्दरीजलको प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) जीर्ण बनेको छ ।

विसं २०२३ मा भारत सरकारको सहयोगमा निर्माण भएको यो प्रशोधन केन्द्रमा ५१ वर्षे अवधिमा सानातिना मर्मत मात्र गरेर चलाउँदै आएकाले जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको लिमिटेडले जनाएको छ ।

दैनिक दुई करोड १० लाख लिटर पानी सुन्दरीजलमै प्रशोधन गरेर वितरण गरिन्छ भने दुई करोड ६५ लाख लिटर पानी पाइपबाट महाङ्कालचौर शाखा ल्याएर प्रशोधन गरिन्छ । प्रशोधित पानी वर्षायाममा निरन्तर पठाइने र सुक्खायाममा दैनिक चार÷पाँच घन्टा र अझ पानीको सतह घटेका बेलामा दैनिक दुई÷तीन घन्टा पानी निर्यात गरिने गरेको लिमिटेडका प्रवक्ता सुरेश आचार्यले बताउनुभयो ।

सुन्दरीजलबाट पानी लगिएका फलामका २० इन्चका दुई वटा पाइप पनि जीर्ण भएर ठाउँठाउँमा पानी चुहिने समस्या छ । यसले गर्दा दैनिक हजारौँ लिटर पानी चुहावट भइरहेको छ । सुन्दरीजलका पानी खोल्ने र बन्द गर्ने ठूलाठूला भल्भ नै जीर्ण भएको लिमिटेडका कम्पनी सचिव मिलनकुमार शाक्यले स्वीकार्नुभयो ।

खानेपानी लैजाने यन्त्रलाई पानीमा प्रयोग गरिने रासायनिक पदार्थले खाएर जीर्ण बनाउने र पाइपमा खिया लाग्ने समस्या रहेको पनि उहाँको भनाइ छ ।मुख्य पानीको स्रोत रहेको सुन्दरीजलका संरचना जीर्ण हुँदा पानी प्रशोधन र वितरणमा असर पुगेकाले रु १० करोडको लागतमा पुनःनिर्माण गर्न महादेव÷खिम्ती÷कालिका जेभीलाई ठेक्का दिइएको प्रवक्ता आचार्यले जानकारी गराउनुभयो ।

एक वर्षभित्र जीर्ण प्रशोधन केन्द्र पुनःनिर्माण गरिसक्ने लिमिटेडको लक्ष्य छ । प्रशोधन केन्द्र पुनःनिर्माण भइसकेपछि सुन्दरीजलबाट निर्यात हुने पानी दैनिक हजारौँ लिटर बढ्नेछ । बाग्मतीको मुहान सुन्दरीजलमा प्राविधिक कर्मचारीको कमीले गर्दा काम सञ्चालनमा बाधा पुगेको छ । पहिले एक समूहमा पाँच जना कर्मचारी हुने गरेकामा अहिले तीन जना मात्र छन् । सुन्दरीजलको प्रशोधन केन्द्र पुनःनिर्माण भइसकेपछि दैनिक दुई करोड २० लाख लिटर पानी प्रशोधन हुनेछ ।

प्रशोधन केन्द्र बन्नुअघि जीर्ण केन्द्रबाट आएको पानी सिधै नपिउन प्रवक्ता आचार्यले सुझाव दिनुभएको छ ।प्रशोधन केन्द्रसँगै बाहिरी पर्खाल (कम्पाउन्ड वाल), पानी पोखरी (रिजभ्र्वाएर) र चुहावट रोकथाम (लिकेज कन्ट्रोल) पनि गरिने लिमिटेडले जनाएको छ । पुनःनिर्माण र मर्मत सम्भारको काम सकेपछि गुणस्तरीय पानी वितरण गर्न सकिने लिमिटेडले आशा गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे पानी पठाउने मुहानस्थलका मानिसले नै गुणस्तरीय पानी पिउन नपाएको लिमिटेड, खानेपानी तथा ढल निकास विभाग र खानेपानी तथा सरसफाइ मन्त्रालयमा राखिएको बताउनुहुन्छ ।

खानेपानीको गुणस्तर हेर्ने जिम्मेवारी पाएको खानेपानी महसुल निर्धारण आयोगका अध्यक्ष सुन्दरीजलबाटै वितरण हुने पानी अहिले पिउन नसकिने अनुगमनका क्रममा देखिएको बताउनुहुन्छ । गुणस्तरीय पानी वितरणको व्यवस्था मिलाउन लिमिटेडलाई दुई वर्षअघिदेखि निर्देशन दिए पनि अटेर गरेको उहाँको गुनासो छ ।

दैनिक सुन्दरीजलमा प्रशोधन भएको पानी उपभोग गर्दै आउनुभएका जोरपाटीका अनिल पराजुली धारामा धान रोप्ने गराबाट पठाएको जस्तो धमिलो पानी आउने गरेको दुःखेसो पोख्नुहुन्छ । छहारी शिक्षा सदनका प्रधानाध्यापक समेत रहनुभएका पराजुली लिमिटेडले प्रशोधन गरी पठाएको पानी पिएर विद्यार्थी बिरामी भएको बताउनुहुन्छ ।

दशैंमा आउला त मेलम्ची ! धुलो खाएका जनताले पानी कहिले खान पाउने ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!