बाग्लुङ समाज जापानको नयाँ अध्यक्षमा सिद्धार्थ श्रेष्ठ

13 February, 2018 11:47 | जापान | comments | 14400 Views

बाग्लुङ समाज जापानको नयाँ अध्यक्षमा सिद्धार्थ श्रेष्ठ चयन भएका छन । आइतबार टोकियोमा आयोजित अधिवेशनले श्रेष्ठको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा प्रेमप्रसाद कँडेल, प्रेम आचार्य र महेन्द्र पिसी रहेका छन । सर्वसम्मत चयन गरिएको नयाँ पदाधिकारीहरूमा महासचिव कृष्ण सुबेदी, सचिवमा विरोध चालिसे तथा राजु केसी र कोषाध्यक्षमा यमकान्त कँडेल र सहकोषाध्यक्षमा शोभा केसी गीता रहेका छन ।

त्यसै गरी कार्यकारी सदस्यहरूमा बिना खड्का, दिपक रेग्मी, बसन्त बियोगी, चेतन पौडेल, सुनिता श्रीष, लक्ष्मी के सी, कृष्ण शर्मा, खगराज सापकोटा, शंकर सापकोटा र गोबिन्द खड्का चयन भए । २३ सदस्यमा चार जना सदस्य मनोनित गरिने जनाइको छ ।

निवर्तमान अध्यक्ष राजविन थापाको सभापतित्वमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि सांसद डाक्टर सूर्य पाठक, विशेष अतिथि नेपाल सरकारका उपसचिव ठाकुर कंडेल, एनआरएन आईसिसी सदस्यद्वय ओम गुरूङ, महेश श्रेष्ठ, एनआरएन जापानका उपाध्यक्ष देबिलाल भण्डारी, प्रवासी नेपाली मंचका अध्यक्ष महेन्द्र श्रेष्ठ, जनसम्पर्क समिती उपाध्यक्ष नवराज थापा, नेपाली जनसम्पर्क समिती निवर्तमान सभापति डिपी कँडेल रहेका थिए ।

त्यसै गरी समारोहमा अन्तराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष पदम ठकुन्ना, कानागावा कम्यूनिटीका अध्यक्ष हरि सापकोटा,गुल्मी समाज जापानका अध्यक्ष सालिकराम भण्डारी, गल्कोट समाजका अध्यक्ष नरबहादुर थापा, बिहुकोट समाज जापानका अध्यक्ष देबिलाल सुबेदी र सल्लाहकार दिलु खत्री, दिपक सुबेदीले मन्तब्य राख्नु भएको थियो भने निर्वाचन कमिटी संयोजकमा बेलु थापा,सदस्यमा दिपक कंडेल र दिप पाठक चयन गरिएको थियो ।

घोषणा सभाको उदघाटन सांसद डा. सुर्य पाठकले गर्नुभएको थियो । कार्यक्रममा समाजबाट संसद पाठकलाइ सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा सभापति राजबिन थापाले नेपालमा सामाजिक क्षेत्रमा उल्लेखीय भूमिका निभाउने एकजनालाई ‘वर्ष व्यक्ति नेपाल’ पुरष्कारबाट पुरष्कृत गर्ने र यो बर्षको वर्ष व्यक्ति पुरस्कारबाट धुर्मुशसुन्तलीलाई पुरस्कृत गर्ने घोषणा गर्नु भयको थियो उक्त पुरस्कारको राशी ५० हजार देखिमाथि हुनेछ ।

बन्दसत्रको उदघाटन समाजका सल्लाहकार बेलु थापाबाट गरिएको थियो भने संचालन महासचिव कृष्ण सुवेदीले गर्नु भएको थियो ।

बाग्लुङ सेवा समाज युएईको अध्यक्षमा पुनः पाण्डे

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More