बाढीपीडितको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन

23 July, 2018 11:29 | कर्णाली प्रदेश , प्रदेश | comments | 26400 Views

सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढीपीडितको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

adsads

आइतबर बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा १० सदस्यीय उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति गठन गरेको आर्थिक ममिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

समितिको सदस्यमा यज्ञप्रसाद ढकाल, खड्गबहादुर विक र ललितजंग महत रहनुभएको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका सचिव समितिको पदेन सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सदस्यसचिव रहनुभएको छ ।

यसैगरी समितिमा बाढीपीडितमध्येबाट एक जना सरोकारवालालाई पदेन सदस्य र सम्बन्धित गाउँ तथा नगरपालिकाका प्रमुखलाई आमन्त्रित सदस्यका रुपमा राखिने छ ।

बैठकपछि मन्त्री ज्वालाले भन्नुभयो, “अधिकार सम्पन्न समितिले आवश्यक कार्यविधि बनाएर अगाडि बढ्छ । २०७१ सालदेखि सुर्खेतका विभिन्न जंगल, सामुदायिक वन तथा खोला किनारामा बस्दै बाढीपीडितको स्थायी बासको व्यवस्थापन गर्छ ।”

त्यस्तै बैठकले सार्वजनिक खरिद विधेयकलागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । बैठकले कर्णाली प्रदेश मन्त्रिपरिषद्को लोगो निर्माण गर्ने निर्णय गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More