बाढी पीडितलाई जापानबाट आर्थिक सहयोग

13 June, 2018 10:58 | जापान | comments | 10200 Views

बाबियाचौर, म्याग्दी । अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीका बाढीबाट पीडित वासिन्दाका लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

adsads

हाल जापानमा रहनुभएका भुरुङ तातोपानीका सन्तोष थापामगरको पहलमा जापानको तोचीगीस्थित लाफा क्लबले रु एक लाख ३० हजार आर्थिक सहयोग गरेको हो ।

क्लबका कोषाध्यक्षसमेत रहनुभएका थापाले गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र वडाध्यक्ष ओमप्रकाश फगामीको नाममा गरिमा विकास बैंकको पोखरेबगर शाखामा खोलिएको खातामा उक्त रकम जम्मा गर्नुभएको छ ।

वैशाख २९ गतेको भुरुङ तातोपानीका पीडित र सम्भावित विपद्को व्यवस्थापन तथा राहतका लागि सहयोग जुटाउन शुरु गरिएको अभियानमा हालसम्म रु दुई लाखभन्दा बढी सहयोग जुटेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको नेपाल रेडक्रस सोसाइटीको उपशाखाले वडाध्यक्ष नरसिङ पुर्जामार्फत रु २० हजार १५५ उपलब्ध गराएको छ ।

बाढीले चार घर पूर्ण र १३ घरमा आंशिक गरी करीब रु एक करोडको क्षति गरेको थियो ।

जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङले उपलब्ध गराएको तारजालीमा ग्याबिन पर्खाल बनाएर बाढी पहिरो नियन्त्रणको काम शुरु गर्ने तयारी भएको वडाध्यक्ष फगामीले बताउनुभयो ।

क्यान्सर पीडित क्षेत्रीलाई जापानबाट आर्थिक सहयोग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

आमा छोरी

फेसबुक

आमा छोरी

ट्वीटर

सामाजिक सञ्जाल

More