बाढी पीडितलाई दक्षिण कोरियाको कम्पनीबाट एक करोड दुई लाख सहयोग

13 September, 2017 19:02 | अर्थ | comments | 13200 Views

दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई बुधबार परारष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गर्नुभयो ।

उक्त रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शंकरप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो । उपप्रधानमन्त्री महराले कोरिया साउथ–इष्ट पावर कम्पनीले बाढीपीडितका लागि सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले कम्पनीले सुरु गरेको माथिललो त्रिशूली– १ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिनुभयो । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिशूली–१ (२१६ मेवा) परियोजना भूकम्पका कारण केही समस्या भए पनि द्रुतगतिमा अगाडि बढाएको जानकारी गराउनुभयो ।

उहाँले विद्युत् खरिद् सम्झौदा (पिपिए)लाई अघि बढाइदिन आग्रह समेत गर्नुभयो । जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने बताउनुभयो ।

दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ता प्रस्ताव

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More