बाढी-पहिरो संकट: मृत्यु हुनेको संख्या ४९ पुग्यो,उद्धार र राहतमा तीब्रता

13 August, 2017 18:58 | जन सरोकार | comments | 3750 Views

बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालीन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १३ जना घाइते भएका छन् । बाढी तथा पहिरोका कारण ३०५ घरमा क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभर अबस्था भयावह रहेको छ । गृहमन्त्रालयले दिएको जानकारी अनुसार ३५ हजार ८ सय ४३ घर डुबानमा परेका छन् । आइतबार दिउँसोको तथ्यांकअनुसार १ हजार घरमा क्षति, ३४ अन्य भौतिक संरचना नस्ट भएका छन् भने ३ सय ९७ पशु चौपाया मरेका गृहमन्त्रालयले तथ्यांक उपलब्ध गराएको छ । हजारौं परिवार विस्थापित भएका छन् ।

सुनसरीमा ८ र रौतहट ७, मकवानपुरमा ६, मोरङमा ६, सिन्धुलीमा ४ को मृत्यु भएको छ । त्यस्तै सुर्खेत, बाँके र झापामा ३-३ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ । विराटनगरलगायतका पूर्वमा पानी पर्न कम भएपनि  डुवान कायमै छ । डुवान कायमै रहेकोले स्कूल, सरकारी तथा नीजि कार्यालयहरु र कलकारखानाहरु बन्द अवस्थामा रहेका छन् भने कतिपय मानिसहरु उद्धारको पखाईमा रहेका छन् ।

उद्योगहरुको मेसिन, उत्पादन भएर राखेका सामान तथा स्टोरहरुसमेत डुवानमा परेकोले धेरै क्षती भएको अनुमान लगाएइपनि एकिन हुन सक्ने अवस्था छैन । मानिसहरु अझै पनि छतमा वा माथिल्लो तलामा बस्ने वा डुवानमा नपरेका स्थानका आफन्तहरु कहाँ शरण लिइरहेका छन् । पानी पर्न छाडेपछि विस्तारै पानीको सहत घट्ना थालेको छ । बिस्तारै राहत संकलन गर्न सहज भएपनि पानी पर्ने सम्भावना कायमै रहेकाले मानिसहरुको जनजिवन सहज हुन सकेको छैन् ।

अविरल वर्षापछि विभिन्न स्थानमा बाढी र पहिरो : कतै राजमार्ग अवरुद्ध, विभिन्न गाउँ डुबानमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More