बाबुराम भट्टराई गोरखा २ बाटै चुनाव लड्ने

12 October, 2017 22:24 | राजनीति | comments | 4200 Views

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने अडान दोहोर्याएका छन् ।  चुनावी तालमेल भएका पार्टीबाट आफ्नो उम्मेद्वारी स्वीकार्य नभए गठबन्धन तोडेर भए पनि सोही क्षेत्रबाट चुनाव लड्ने उनले अडान दोहोर्याएका हुन् ।
‘पूर्व सहमती अनुसार गोरखा क्षेत्र २ बाट तालमेल गरेर उठ्नेछु’ उनले भने, ‘यदि एमाले, माओवादीबाट स्वीकार्य भएन भने म नयाँ शक्ति पार्टीबाटै भए पनि गोरखाबाटै चुनाव लड्ने उनको भनाई छ । सोही क्षेत्रबाट माओवादी केन्द्रले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उठाउने निर्णय गरेको छ ।
बुधबार र बिहीबारको छलफलमा भट्टराई र श्रेष्ठमध्ये साझा नाम जुर्न सकेको छैन । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भएको छलफलबाट उनी साझा उम्मेद्वार बन्नका लागि सकारात्मक वातावरण बनेको छैन् ।

भेटघाटपछि भट्टराईले सामाजिक सञ्जालमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्ति पार्टीको तर्फबाट आफू गोरखा क्षेत्र २ बाट प्रत्यासी बन्ने निर्णय भइसकेको दोहोर्‍याउँदै त्यसमा कुनै द्विविधा नराख्न आग्रह गरेका छन् । गोरखाबासीको चाहना र आफ्नो रूची, दक्षता र क्षमता त्यसैमा योगदान गर्ने रहेकाले उम्मेद्वार बन्ने तीव्र अठोट व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

पोखरामा डा.बाबुराम भट्टराईमाथि जुत्ता प्रहार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More