बाराको कोहल्वी नगरपालिकामा एमाले विजयी

25 September, 2017 21:06 | स्थानीय तह निर्वाचन | comments | 72450 Views

बाराको कोहल्वी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार  विजयी भएका छन् । कोहल्वीमा एमालेका भरतबहादुर भण्डारीले ७ हजार ४०१ मत प्राप्त गर्दै मेयरमा निर्वाचित भएका हुन् ।  उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका मुरलीधरप्रसाद चौधरीले ७ हजार २०५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा पनि एमाले उम्मेदवार  सुनैना चौधरी विजयी भएकी छन् । उनले ७ हजार ३२२ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार  सुभद्रा धिमालले ६ हजवार ७१२ मत प्राप्त गरेको खनालले जानकारी दिए ।
११ वडा रहेको कोहल्वीमा ६ वडा अध्यक्ष कांग्रेस, ४ मा एमाले र एउटा वडामा स्वतन्त्र उमेदवार विजयी भएका छन्  । २३ हजार ८४४ मतदाता रहेको उक्त नगरपालिकामा पटक–पटक दलका प्रतिनिधि र उम्मेदवार बीच विवाद हुँदा नतिजा आउन ढिलाई भएको हो ।

यो पनि पढ्नुहोस्

निर्वाचित वडा सदस्यको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More