बालकमाथि बन्दुक प्रहार गर्ने तीन अभियुक्त सार्वजनिक

18 October, 2017 11:03 | जन सरोकार | comments | 6750 Views

पक्राउ

भरुवा बन्दुक प्रहार गरेको घटनामा संलग्न तीन जना अभियुक्तलाई मंगलबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पत्रकारसम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । सार्वजनिक हुनेमा दूधकौशिका गाउँपालिका–९ का २८ वर्षीय धनबहादुर तामाङ, ४६ वर्षीय आसना तामाङ र २० वर्षीय बुद्धलाल तामाङ छन् । तीनै जना अभियुक्तलाई शनिबार प्रहरीले पक्राउ गरेका थिए ।

दूधकौशिका गाउँपालिका–३, लोखिम निवासी कमल राईका १३ वर्षीय छोरा टंकराम गोठमा बस्दै आएको र गोठ नजिकै ओखर टिप्न गएको बेला गोली प्रहार गरी घाइते बनाएका थिए । सो घटनामा संलग्न तीनै जनालाई अवैध बन्दुक र गोलीसहित शनिवार प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकालाई सोलुखुम्बु जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि ज्यान मार्ने उद्योग र हातहतियार खरखजनाअन्तर्गत मुद्दा चलाइएको छ । घाइते बालकलाई आइतबार नै काठमाडौँ पु¥याई त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

सामूहिक बलात्कार गरी हत्या गर्ने छजना सार्वजनिक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More