बाल्टिमोरमा प्रवासी अभियान विषयक कार्यक्रम सम्पन्न

20 March, 2017 10:50 | प्रबास

ccविजय थापा ,मार्च १९ ,अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा जातीय तथा सबै प्रकारका विभेद बिरुद्ध प्रवासी अभियान विषयक कार्यक्रम सम्पन्न भएको छ ।अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २१ मार्चको सन्दर्भमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।

उक्त कार्यक्रम सन् २००४ देखि नै अमेरिकाको डीसी महानगर क्षेत्रमा दलित ,जातीय विभेद बिरुद्ध तथा सामाजिक सेवामा काम गरि रहेको नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ड कम्युनिटी नासो कम्युनिटी अमेरिका ,सन् २००८ देखि नै दलितका अधिकार सम्बन्धि काम गर्दै आई रहेको इन्टर नेसनल कमिसन फर दलित राइट आइसीडीआर तथा सन् १९९८ मा नेपालका दलित महिला तथा बालबालिकाको मानव अधिकारको रुपमा काम गर्दै आएको नेपाल दलित महिला उत्थान संघ एडवान को सयुक्त आयोजनामा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रम को उद्घाटन पानसमा बत्ती न्यूयोर्कका महा बाणिज्यदूत क्रिसू क्षेत्रिले गरेका थिए भने अतिथिहरूलाई खादा लगाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली तथा अमेरिकाको राष्ट्रीय गीत वजाईएको थियो ।

न्याय र समानताका लागि हामी जहाँ भए पनि, केहि गरौँ भन्ने आवाज सहित सम्पन्न उक्त कार्यक्रममा वासिङ्टन डिसी महानगर क्षेत्र तथा अमेरिकाका विभिन्न राज्यहरुमा क्रियाशिल संघरसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

अतिथि तथा केहि संघरसंस्थाका प्रतिनिधिहरुले मन्तब्य राख्नूका साथै शूभकामना दिएका थिए ।कार्यक्रममा दलित आन्दोलनमा योगदान पूर्याउने ६ जना बिशेष व्यक्तिहरूमा न्यूजर्सी बाट संचालित यूसनेपाल अनलाईनका संस्थापक तथा संचारकर्मी प्रदिप परियार थापा,प्रकाश नेपाल ,दोर्ण रसाईली ,डा डि के गूरूग ,चन्द्रकला सून्दर र विक्रम पोखरेललाई सम्मान गरिएको थियो ।

ads
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More