बिदा कटौती नगर्न जापानवाट प्रधानमन्त्रीलाई जनजातिको माग

23 May, 2018 19:02 | जापान | comments | 65850 Views

सरकारले विभिन्न पर्वहरुको विदा कटौती गरेपछि यस्ताा पर्व मनाउनेहरुले विदा कटौती फिर्ता लिन माग गरिरहेका छन् । यस्तैमा जापानबासी आदिवासी जनजातिहरूले आफूहरुले आदिमकालदेखि मनाउँदै आएको सांस्कृतिक पर्वको बिदा कटौती नगर्न प्रधानमन्त्रीसमक्ष माग गरेका छन ।

adsads

बुधवार नेपाल आदिवासी जनजाति महासंघ जापानको नेतृत्वमा जापानका लागि नेपाली राजदूता प्रतिभा राणामार्फत प्रधानमन्त्री खड्गप्रसाद ओलीसमक्ष सो माग गरेका हुन ।

जापानमा जनजाति महासंघमा आवद्द विभिन्न जातीय संस्थाहरू तमु धीं जापान, तामाङ समाज जापान, किराँत याक्थुङ चुम्लुङ जापान, थकाली सेवा समिति जापान, शेर्पा संघ जापान, नेपाल मगर संघ जापान, किराँत राई योयाख्खा जापान, थारु समाज जापान, नेपाल थामी समाज जापानको तर्फबाट संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका हुन ।

नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष टेकबहादुर (सुमन) लिम्बूको नेतृत्वमा राजदूतावासमा पुगी जापानका लागी नेपाली राजदूत प्रतिभा राणामार्फ़त सो सन्देश पठाएका हुन ।

सरकारले २०७४ चैत्र १४ गते बुधबारका दिन बसेको नेपाल सरकार मन्त्रीपरिषद् बैठकले सार्वजनिक विदा अन्यौलपूर्ण तरिकावाट कटौती सम्बन्धि गरेको निर्णयमा आदिवासी जनजाति समुदायको पर्वहरू ल्होछार, ल्होसार, माघी, माघे संक्रान्ति, उधौली–उभौलीमा दिइदै आएको एक दिने विदा पनि सरकारले कटौती गरेको प्रति नेपालका आदिवासी जनजाति समुदायहरूले बिरोध गर्दै उक्त निर्णय लिन माग गरिरहेका छन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दुर्घटना

फेसबुक

दुर्घटना

ट्वीटर

सामाजिक सञ्जाल

More