बुढीगण्डकी ठेक्का रद्दप्रति चीन रुष्ट

3 December, 2017 17:19 | अर्थ | comments | 32850 Views

चीनले बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणको ठेक्का रद्द गरिएको प्रति असन्तुष्टि प्रकट गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समार्फत एक लेख प्रकाशित  गर्दै असन्तुष्टी सार्वजानिक गरेको हो ।

हालै प्रकाशित एक लेखमा चिनियाँ कम्पनीले बुढीगण्डकी परियोजना निर्माण गर्न पाएको ठेक्का रद्द गर्ने नेपाल सरकारको निर्णयप्रति रोष व्यक्त गरिएको छ। लेखमा नेपाली कांग्रेससमेत सहभागी रहेको पूर्ववर्ती दाहाल सरकारले बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय गरे पनि कांग्रेसकै नेतृत्वमा रहेको वर्तमान देउवा सरकारले उक्त ठेक्का रद्द गर्नु चीनप्रतिको ‘अमैत्रीपूर्ण प्रवृत्ति’ तथा चिनियाँ व्यापारिक कम्पनीको वैधानिक अधिकार कुठाराघातका रुपमा लिइएको छ। ‘यो निर्णयबाट देउवा भारतसँग अझै बढी नजिकिन चाहेको समेत यसले देखाउँछ’, चीनस्थित नेपाल विज्ञसमेत विज्ञ झाङ सुविन ग्लोबल टाइम्समा प्रकाशित उक्त लेखमा भन्छन् ।

नेपाल सरकारकै आग्रहमा बुढीगण्डकी परियोजनालाई बेल्ट एन्ड रोड अवधारणा अन्र्तगत चीनले समावेश गरिसकेको सन्दर्भमा देउवा सरकारले लिएको यस्तो निर्णयप्रति लेखमा तीव्र असन्तुष्टि जनाइएको छ। नेपालमा लगानी गरिरहेका चिनियाँं कम्पनीको वैधानिक अधिकार हक सुनिश्चितताका लागि भए पनि चीन सरकारले नेपाल सरकारसँग बुढीगण्डकी परियोजना ठेक्का रद्दबारे सोध्नुपर्ने उक्त लेखमा चीन सरकारलाई सुझाइएको छ। चुनावकै मुखमा बुढीगण्डकीको ठेक्का रद्द गर्ने देउवा सरकारको निर्णयप्रति चीनको सरकार मुखपत्रमार्फत् व्यक्त भएको रोषबारे बिभिन्न टिकाटिप्पणी भइरहेका छन्।

गत नोभेम्बर १४ मा सरकारले बुढीगण्डकी निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँगको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै चिनियाँ राजदूत यु होङले ऊर्जामन्त्री कमल थापा र अर्थसचिव शंकर अधिकारीसँग भेटी बुढीगण्डकीको ठेक्का रद्द भएकोप्रति कुटनीतिक शैलीमा असन्तुष्टि जनाएकी थिइन्।

चीनले उत्तर कोरियालाई दिने इन्धन घटायो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रम कार्यालय

फेसबुक

प्रम कार्यालय

ट्वीटर

सामाजिक सञ्जाल

More