बुढी गण्डकीको लगानी पेट्रोलियम पदार्थमा कर लगाएरै जुटाउन सकिने

18 December, 2017 18:48 | अर्थ | comments | 20700 Views

कामचलाउ बनिसकेको सरकारले चिनीया कम्पनीसंग निर्र्माण सम्झौता खरेज गरेर स्वदेशी लगानीमा बनाउने निर्णय गरेसंगै बुढीगण्डकी जलविद्युत आयोजनाको लगानी खाका तयार भएको छ ।

सोमबार बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानीको खाका तय गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक एवं योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले सोमवार उर्जा मन्त्रालयमा आयोजित समारोहमा लगानीको खाका सम्बन्धी प्रतिवेदन उपप्रधान एवं उर्जामन्त्री कमल थापालाई बुझाउनुभएको हो ।

त्यसलगत्तै विद्युत प्राधिकरणलाई जिम्मा दिने र त्यसका लागि लगाउने जुटाउने सरकारी निर्णय आएको थियो । सोही प्रयोजनमा आधारित रहेर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेको अध्यक्षतामा समिति गठन गरिएको थियो ।

सरकारले गत कार्तिक २७ गते १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवा समूहलाई निर्माण जिम्मा दिने पुष्पकमल दाहाल सरकारको निर्णय खारेज गरेको थियो ।

आयोजना निर्माण सम्पन्न गर्न दुई खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस आयोजनाको प्रतिमेगावाट करिब २०–२१ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

प्रतिवेदनमा आयोजना निर्माणका लागि आवश्यक रकम सबै प्रकारका पेट्रोलियम पदार्थमा कर लगाएरै जुटाउन सकिनुका साथै सरकारले बजेटमा हरेक वर्ष छुट्याउँदै आएको रकम र स्वदेशी वित्तीय संस्थाबाट समेत लगानी गर्न सकिने अध्ययनको सुझाव छ ।

पेट्रोल र डिजेलबाहेक अन्य कार्बन उत्सर्जन गर्ने इन्धनमा पनि कर लगाएर रकम संकलन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । सोही आयोजनाका लागि सरकारले पेट्रोलियम पदार्थको आयातमै प्रतिलिटर पाँच रुपैयाँका दरले कर उठाउँदै आएको छ । समितिले त्यसलाई बढाएर सात रुपैयाँ पुर्याउन सुझाव दिएको छ ।

बुढी गण्डकी स्वदेशी पूँजीमा बन्ने, नेपाल विद्युत प्राधिकरणलाई जिम्मा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More