नेपाल आइडल नेपाल आइडल

  • नेपाल आइडल
  • नेपाल आइडल
  • नेपाल आइडल
  • नेपाल आइडल
  • नेपाल आइडल
  • नेपाल आइडल

बुद्ध, निशान र प्रताप अमेरिका आउने

13 December, 2017 14:19 | प्रबास | comments | 106350 Views

नेपाल आइडल

विजय थापा – नयाँ बर्ष २०१८ को लागि नेपाल आइडलका विजयीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिकाको प्रत्यक्ष सांगीतिक यात्रा कार्यक्रमको लागि अमेरिका आउने भएका छन् l

नेपाल आइडल टप थ्री युएस टुर नामक उक्त कार्यक्रम अमेरिकाका विभिन्न शहरहरुमा हुने तय भएको छ l केटिएम इन्टरटेनमेन्टको आयोजनामा हुने उत्कृष्ट ३ अमेरिका यात्रा नामक कार्यक्रम अमेरिकाका बिभिन्न राज्यहरुका बिभिन्न शहरहरुमा नयाँ बर्ष २०१८ मा बेजोड प्रस्तुति हुने भएको छ l यस अघि उनीहरुले प्रथम नेपाल आइडलका ३ बिजयीहरुले नेपाली समुदायको जन घनत्व ज्यादा भएका देशहरुमा आफ्नो प्रस्तुति देखाई सकेका छन् l

नयाँ बर्ष २०१८ को जनवरी ११ देखि फेब्रुअरी १८ सम्म अमेरिकाका बिभिन्न शहरहरुमा हुने मिती तथा स्थान समेत तय भएको छ l जस अनुसार जनवरी ११ तारिख न्युयोर्कको मेलरोज बलरुम ,जनवरी २१ तारिख बोस्टनको वनडरल्याण्ड बलरुम ,यसै गरि जनवरी २६ तारिख मेरिल्याण्डको टाउसनको टोरेन्ट लंज तथा जनवरी २७ तारिख भर्जिनियाको अर्न्स्ट कम्युनिटी कल्चर सेन्टरमा हुने भएको छ l

यसै गरि फेब्रुअरी २ तारिख टेक्ससको ड्यालसको हाउस अफ ब्लुमा, फेब्रुअरी ३ तारिखमा अस्टिनको सहारा लंजमा,यसै गरि फेब्रुअरी १० तारिख ह्युस्टनको हाउस अफ ब्लु तथा फेब्रुअरी ८ तारिख क्यालिफोर्नियाको ओकल्याण्डको ओकल्याण्ड स्कोटिस रुल तथा फेब्रुअरी ९ तारिखमा क्यालिफोर्नियाको सन्फ्रानसिस्कोको मेजानिनमा हुने भएको छ l

यसै गरि फेब्रुअरी १० मा नै लस एन्जेलसको एलरे थिएटरमा,फेब्रुअरी १६ मा वाशिंगटनको शोर्लिन कन्फेरेन्स सेन्टर, फेब्रुअरी १७ मा मिजौरीको दि पिजेन्ट तथा फेब्रुअरी १८ मा मिनासोटाको अर्फीम थेटरमा हुने भएको छ l हाल सम्म तय भएको १३ वटा शहरका सबै स्थानमा कार्यक्रम साँझ ६ बजे राखिएको आयोजकले दिएका छन् l

कार्यक्रमका लागि नेपाल आइडलका विजयीहरूसँगै कार्यक्रम संचालनका लागि सुशील नेपाल आउने छन् भने अमेरिकाका अन्य शहरहरुमा प्रदर्शनको लागि डिजे राकेश संग सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन् l सबै मिति र तिथिको प्रस्तावमा आएको आयोजकले जनाएका छन् l

तीनै कलाकारहरुले अद्वितीय नेपाली संगीतको प्रस्तुति गर्ने छन् भने उनीहरुले बिबिध समाजका विभिन्न जातिहरूको प्रतिनिधित्व गर्ने छन् ।नेपाल आइडल टप थ्री युएस टुर नामक सांगीतिक यात्रा कार्यक्रम ऐतिहासिक तथा अद्वितीय हुने छ भन्ने कुरामा आयोजक विश्वस्त रहेका छन् l

नेपाल आइडलको कन्सर्ट युएईमा हुँदै

पहिलो नेपाल आइडल आज घोषणा हुँदै, को बन्ला आइडल ?

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाल आइडल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!