बुद्ध लामा बुद्ध लामा

  • बुद्ध लामा
  • बुद्ध लामा
  • बुद्ध लामा
  • बुद्ध लामा
  • बुद्ध लामा
  • बुद्ध लामा

बुद्ध लामा बने नेपालको पहिलो ‘नेपाल आइडल’

23 September, 2017 09:21 | कला/मनोरन्जन | comments | 143850 Views

बुद्ध लामा

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज  नेपाल आइडलको उपाधि पोखरा नयाँ बजारका बुद्ध लामाले जितेका छन्।

गत वर्ष माघ १२ गते नेपालगन्ज अडिसनबाट सुरु भएको नेपाल आइडल यात्रा शुक्रबार राति कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा सम्पन्न भएको थियो । लामाले अरु दुई प्रतियोगी निशान भट्टराई र प्रताप दासलाई पछि पर्दै नेपालको पहिलो नेपाल आइडल बन्न सफल भएका हुन् ।

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये बुद्धले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गरेका थिए। त्यस्तै ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गर्दै निशान भट्टराई फस्ट रनरअप र १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट प्राप्त गर्दै प्रताप दास सेकेन्ड रनरअप भए ।

बुद्धले जितसँगै २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन्। त्यस्तै निशान र प्रतापले क्रमश:१५ लाख रुपैयाँ र १० लाख रुपैयाँ पुरस्कार हात पारे। फ्रिमेन्टल मिडियाले तय गरेका आधार पूरा गर्ने नेपालको एक मात्र टेलिभिजन एपीवान एचडीमार्फत पहिलो पटक नेपालमा सुरु भएको आइडल सिरिजले सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई ऊर्जा दिएको छ।

विजेताहरुलाई नेपालका प्रशिद्ध हास्य कलाकार मह जोडी (मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले पुरुस्कार प्रदान गरेका थिए ।

पहिलो नेपाल आइडल आज घोषणा हुँदै, को बन्ला आइडल ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बुद्ध लामा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शत्रु गते

फेसबुक

शत्रु गते

ट्वीटर

सामाजिक सञ्जाल

More