बृहत् जातीय संग्रहालय स्थापना गरिने

17 June, 2018 10:41 | प्रदेश , प्रदेश १ | comments | 31350 Views

उर्लावारी, मोरङ । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले नेपालमा बसोबास गर्ने १२५ जातजातिको सम्मान र संरक्षण गर्न जिल्लाका पथरी शनिश्चरेमा बृहत् जातीय संग्रहालय स्थापना गर्ने बताउनुभएको छ ।

adsads

शनिबार उर्लाबारी–३ स्थित धिमाल जाति विकास केन्द्रले आयोजना गरेको ‘जातिरी–सिरिजात तथा सांस्कृतिक कार्यक्रम–२०७५’ को समापन गर्दै उहाँले जातीय सद्भाव कायम गर्न र जातीय पहिचानको जगेर्ना गर्न पथरी शनिश्चरेस्थित भुटानी शरणार्थी बसोबास गर्दै आएको सयौँ बिगाहा जमिनमा संग्रहालय निर्माण गर्ने निर्णय गरिएको बताउनुभयो ।

भुटानी शरणार्थी विभिन्न मुलुकमा पुर्नवास भइसकेपछि हाल सो जमिन खाली रहँदै गएको छ ।

कार्यक्रममा धिमाल समुदायबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि र युुवा समाजसेवी दमक–४ का रकी धिमाल र उर्लाबारीका गायिका रवीना धिमाललाई सम्मान गरिएको थियो । धिमाल समुदायको जात्री पर्व गत वैशाख २ गते शुरु भई आज समापन भएको केन्द्रका महासचिव केदार धिमालले जानकारी दिनुभयो ।

प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई पक्का

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More