बेनी हाइड्रोपावरको निमार्ण कार्य तिब्र

14 January, 2018 17:13 | अर्थ | comments | 85200 Views

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर १ बेनीमा निर्माणाधीन बेनी हाइड्रोपावर प्रोजेक्ट प्राइभेट लिमिटेडले ३० प्रतिशत काम सम्पन्न गरेको छ। १८ मेगावाट क्षमताको उक्त हाइड्रोपावरको कन्ट्रक्सनको काम भइरहेको छ। काम सुरु गरेको ७ महिनामानै अनुमति खारेज भएको उक्त कम्पनीले २०७३ कात्तिकमा पुनः अनुमति पाएको थियो।

पुनः अनुमति पाएपछि गत चैत २९ गतेदेखि काम सुरु गरेको कम्पनीले अहिले टनेल, इन्टेक र पावरगृह निर्माण गरिरहेको कम्पनीका अध्यक्ष पिजी शेर्पाले बताए। २ हजार ४ सय मिटर सुरुङ निर्माण गर्नुपर्ने उक्त परियोजनाको ६ सय ५० मिटर खनिसकेको कम्पनीले जनाएको छ। अहिले एकतर्फीबाट सुरुङ निर्माण भइरहेको र केही समयपछि दुईतर्फीबाट नै सुरुङ निर्माण गरिने अध्यक्ष शेर्पाले बताए।

कुल लागत ३ अर्ब २७ करोड  काम सम्पन्न गर्न ३ अर्ब २७ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सुरु भएको उक्त योजनामा एनएमबी बैकको नेतृत्वमा अन्य चार बैकले लगानी गर्न सम्झौता गरेका छन्। सम्झौताअनुसार एनएमबी बैकले ९० करोड, बंगलादेश बैकले ५० करोड, विभोर बैकले ५० र एचआइडिसिएल बैकले २० करोड रुपैयाँ लगानी गर्नेछन्।  योजना सम्पन्न गर्न उत्पादकको १ अर्ब रुपैयाँ लगानी रहने छ।

जसमा १० प्रतिशत स्थानीयलाई साधरण सेयर, २० प्रतिशत आइप्यु र ७० प्रतिशत उत्पादकको हुने अध्यक्ष शेर्पाले बताए। योजनाको ५० प्रतिशत काम सम्पन्न भएपछि स्थानीयलाई सेयर वितरण गर्ने कार्ययोजना रहेको अध्यक्ष शेर्पाले बताए। सोलु करिडोरले प्रभाव पार्नसक्ने १६ पुस २०६९ गते ऊर्जा मन्त्रालय र बेनी हाइड्रोपावर प्रोजेक्ट प्राइभेट लिमिटेडबीच पहिलो पटक विद्युत् खरिद बिक्री सम्झौता भएको थियो।

तर, भौतिक निर्माण सन्तोषजनक नभएको भन्दै ०७१ भदौमा मन्त्रिपरिषद् बैठकले सम्झौतासहित प्रोजेक्टको अनुमति (लाइसेन्स) खारेज गरेको थियो।  ९ असार ०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले पुनः सोही कम्पनीलाई योजना सञ्चालनका लागि करार सम्झौता गर्न अनुमति दिने निर्णय गरेसँगै ऊर्जा मन्त्रालयले १६ असारमा लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो। कम्पनीका अध्यक्ष शेर्पाले भने, ‘हाम्रो लाइसेन्स खारेज भएपछि पुनः १६ भदौ ०७३ मा नयाँ लाइसेन्स लिन सफल भयौं।’  सरकारले लाइसेन्स नवीकरण गर्ने निर्णय गरेपछि २५ कात्तिक ०७३ मा विद्युत् खरिद बिक्री सम्झौता समेत संशोधन भयो। सम्झौताअनुसार ३० मंसिर ०७६ मा योजना सम्पन्न गरिसक्नुपर्नेछ।  निर्धारित समयमा नै काम सम्पन्न गर्न सकिने भए पनि सोलु करिडोर निर्माणमा ढिलासुस्ती देखिएकाले प्रोजेक्टको कामसमेत प्रभावित हुने अध्यक्ष शेर्पाको चिन्ता छ।

विद्यालयको भौतिक संरचना निर्माणमा सहयोग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जलविरे झरना

फेसबुक

जलविरे झरना

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!