बेरोजगार युवालाई सरकारले रोजगारी दिन्छ: मन्त्री विष्ट

20 March, 2018 23:34 | जन सरोकार | comments | 86700 Views

श्रम तथा रोजगार मन्त्री गोकर्णराज विष्टले संविधानमा मौलिक हकका रुपमा रहेको रोजगारको हकको कार्यान्वयनका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक नीति ल्याइने बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री विष्टले वाम गठबन्धनको चुनावी घोषणापत्रका आधारमा रोजगार नीति ल्याउन पहल गर्ने बताएका हुन् ।

adsads

मन्त्री विष्टले भने, ‘मुलुकमा लाखौं युवा बेरोजगार छन्, सरकार मूकदर्शक भएर बस्न सक्दैन । स्वदेशमै रोजगार सिर्जनाका आधारहरू खोज्नु आवश्यक छ र यसका लागि दक्ष जनशक्तिको उत्पादनमा पनि लाग्नुपर्छ ।’

वैदेशिक रोजगारका क्षेत्रमा आफ्नै पार्टीका कार्यकर्ता भए पनि अनियमितता र ठगी गर्ने कार्यमा संलग्न भएको पाइएमा कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले यस क्षेत्रमा हुने सिन्डिकेट तोड्न प्रभावकारी कदम चाल्ने बताए ।

मन्त्री विष्टले कानुन विपरीत सबै कामलाई हतोत्साहित र निरुत्साहित गर्न आफू पछि नपर्ने उल्लेख गर्दै काठमाडौँ उपत्यका बाहिर पनि क्रमशः श्रम स्वीकृतिको प्रबन्ध सुरु गरिएको जानकारी दिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More