बेलायतको पशुपतिनाथ मन्दिर बनाउन सहयोग संकलन सुरु

5 January, 2015 14:33 | प्रबास | comments | 35250 Views

बेलायत । बेलायतको लण्डन शहरमा रहेको पशुपतिनाथ मन्दिरमा तेश्रो पटक चोरी भएको समाचार आइरहेकै बेला नेपालीहरुको जनघनत्व बढि भएको अर्को शहर अल्डरसटवासी नेपालीहरु मन्दिर बनाउन जुटेका छन् ।

adsads
गत आइतबार स्थानीय शिव कल्चरल सेन्टर अल्डरशटले आगामी चार वर्ष भित्रमा मन्दिर बनाउने अभियान स्वरुप विभिन्न व्यक्तिहरुसंग सहयोग संकलन कार्य शुरु गरेको छ ।

mandir1

शिव कल्चरल सेन्टरको तेश्रो साधारणसभाले नेपालीहरुको बढि चाप रहेको क्षेत्र अल्डरसटमा मन्दिर निर्माण गर्ने भएपछि स्थानीय व्यवसायी एवं समाजसेवीहरुले स्वतस्फुर्त सहयोग गरेका छन् । सोहि दिन मात्रै करीब असी हजार पाउण्ड रकम संकलन गरिएको प्रवक्ता जीव वेल्वासेले जानकारी दिए ।

तेश्रो साधारणसभाले प्रकाश राउतको अध्यक्षतामा नँया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा सुनिता जैन, महासचिवमा सूर्य उपाध्याय, सचिवमा धन क्षेत्री, कोषाध्यक्षमा गंगा अधिकारी, सहकोषाध्यक्षमा हरि भट्टराई र प्रवक्तामा जिब बेल्बासे सर्वसम्मत भएका छन । त्यस्तै अर्थ संकलन संयोजकमा भीम बांनिया, सांस्कृतिक संयोजकमा बिक्रम भट्टराई र सह संयोजकमा ईन्द्र शर्मा चयन भएका छन् । साधारणसभाले कार्यसमितिका सदस्यहरु समेत चयन गरेको छ ।सोहि अवसरमा हरि बिभोर कार्की, शेर बहादुर सुनार, रमेश बास्तोला, रोहित गुरुङ, हितकाजी गुरुङ, गोपाल विश्वकर्मा, लगायतलाई सल्लाहकार चयन गरिएको छ ।

केहिदिन अघिमात्रै लण्डन नजिकै प्लमस्टिडमा रहेको पशुपतिनाथ मन्दिरमा तेश्रो पटक चोरी भएको छ । यसपटक पनि चोरले यसअघि जस्तै मन्दिरको पछाडिपट्टिबाट शिशा फोडी चोरी गरेको अध्यक्ष होम शर्माले जानकारी दिए । अहिले पनि चोरले दान बाकसमा रहेको अन्दाजी तिनसय पाउण्ड चोरेको आशंका मन्दिर व्यवस्थपनले गरेको छ । यसअघि दान बाकसमा जम्मा भएको करीब एक हजार पाउण्ड रकम चोरी भएको जनाइएको थियो ।

सोहि दिन मन्दिर प्रांगणमा भेटिएका अध्यक्ष होम शर्माले मन्दिरको सीसी टिभि र कोप अलार्मलाई एक्टिभ गर्ने बचन दिएपनि अहिलेसम्म हुनसकेको छैन । तिन तिन पटक सम्म चोरी हुंदापनि सतर्कता नअपनाएको बताउंदै एकजना हाइली स्किल्ड माइग्रेण्ट्स शेखर वाग्लेले व्यवस्थापनको कमजोरीका कारण यस्तो लापरवाही भएको आरोप लगाए । मन्दिरका एकजना ट्रष्टी पशुपति भण्डारीले मन्दिरमा चोरी हुनु अत्यन्त दुखदायी भएको बताउंदै मन्दिर व्यवस्थापनभित्र भएका कमि कमजोरीहरुलाई ब्यापक छलपल गर्ने जानकारी दिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More