बेलायती सेनाको उच्च तहमा पुगे स्याङ्जाका टोल खाम्चा

5 February, 2018 16:32 | प्रबास | comments | 29250 Views

 बेलायती सेनामा नेपालीहरुले २ सय वर्षदेखि प्रवेश पाउँदै आएका भए पनि उच्च पदमा कमै पुग्ने गरेका छन् ।उच्च अधिकृतमा कमै नेपालीहरु पुग्दै आइरहेकोमा हाल सेनामा कार्यरत एक नेपाली उच्च अधिकृतमा पदोन्नति भएका छन् ।

स्याङ्जा शीरकोट, करादीमा जन्मिएका टोल खाम्चा मगर गत बिहीबार लेफिटनेन्ट कर्णेल बन्न सफल भएका हुन् । उक्त पद बेलायती सेनाको छैटौं वरीयतामा छ ।  उनको पदावधि अब करिब ५ वर्ष हुनेछ।

५० वर्षीय खाम्चा बेलायती सेनाको छैटौं वरीयतामा पुग्ने चौथो नेपाली हुन् । यसअघि लालबहादुर पुन, विजय राजत र यामबहादुर रानाले पनि यो पदमा पुग्ने अवसर पाएका थिए । यद्यपि, उनीहरु सबै अहिले सेवा निवृत्त भइसकेका छन् ।

खाम्चा आजभन्दा ३० वर्षअघि बेलायती सेनामा भर्ना भएका हुन् । गाउँबाट प्राथमिक तहको र बुटवलबाट एसएलसीसम्मको पढाइ पूरा गरेपछि सैनिक पृष्ठभूमिका उनका बाबुले उनलाई कानून विषय पढाउन चाहेका थिए । तर इन्जिनियरिङ विषय पढ्न पुल्चोक क्याम्पसका भर्ना भएका खिम्ची साथीको लहैलहैमा लागेर बेलायती सेनामा भर्ना हुन पुगे ।

बेलायती सेनाको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका खाम्चा हाल युकेको अल्डरसटस्थित आर्मी हेर्डक्र्वाटर रिजनल कमाउडमा बसोबासरत छन् ।

बेलायती प्रधानमन्त्री मेद्वारा ‘बे्रक्जिट’ योजनाको आलोचना नभएको दावी

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More