Thursday 30, March 2017
नेपाली समय: 06:28:19
जापानी समय: 09:43:19

बेल्जियमका विदेशमन्त्री र परराष्ट्रमन्त्री महतबीच भेटवार्ता

14 February, 2017

prakash-saran-mahatबेल्जियमका भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र बेल्जियमका उपप्रधान एव्म विदेशमन्त्री दिदर रेन्डर्स्बीच  ब्रसेल्समा द्विपक्षीय भेटवार्ता भएको छ ।भेटमा दुई देशबीचको सम्बन्ध र आपसीहितका बिषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका अवसरमा उहाँहरुबीच विकास सहयोग, व्यापार, लगानी तथा पर्यटनका विषयमासमेत कुराकानी भएको छ । दुई देशका विदेशमन्त्रीस्तरको द्विपक्षीय संयुक्त संयन्त्रको निर्माणका विषयमा समेत सहमति भएको जनाएको छ ।

त्यस्तै नेपाल र बेल्जियमको संसद्का बीचमा संसदीय समूहको निर्माणका विषयमासमेत सहमति भएको छ ।

सो अवसरमा परराष्ट्र मन्त्री डा महतले नेपालको विकासका लागि जारी विकास प्रयासको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न आग्रह गर्दै नेपालको विकास प्रयासमा विगत लामो समयदेखि बेल्जियमले पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

नेपालको पछिल्लो राजनीतिक विकासक्रमका बारेमा जानकारी गराउँदै उहाँले नेपालले नयाँ संविधान जारी भएपछि समावेशी र समानुपातिक सिद्धान्तका आधारमा प्रजातन्त्रको सुदृढीकरणको प्रयासलाई थप गति दिएको र निकट भविष्यमा नै स्थानीय र राष्ट्रिय निर्वाचनमार्फत सङ्घीय शासन व्यवस्थालाई संस्थागत गर्ने काममा जुट्ने बताउनुभयो ।

भेटमा बेल्जियमका उपप्रधान एव्म विदेशमन्त्री दिदरले बेल्जियम सरकारले नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo