बेल्जियममा नेपालको संविधानको व्याख्या

22 September, 2017 09:48 | प्रबास | comments | 10050 Views

नेपालको संविधान दिवस

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ ब्रसेल्समा एक समारोहको आयोजना गर्यो ।

समारोहमा बेल्जियमका सांसद , बेल्जियम सरकारका उच्च अधिकारी तथा युरोपेली संघका राजदूत तथा सदस्य लगायतको सहभागिता रहेको त्यहाँस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

कार्यक्रममा नेपाल बेल्जियममैत्री समाजका प्रतिनिधि, बुद्धिजीवि सञ्चारकर्मी र बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्समा रहेका नेपाली समुदायको सहभागिता रहेको थियो ।

बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले आमन्त्रित पाहुनालाई स्वागत गर्दै नेपालको संविधान दिवसको महत्वबारे चर्चा गर्दै संविधानले देशमा शान्ति, सद्भाव र भातृत्व जोगाएको बताउनुभयो । उहाँले नेपालको पछिल्लो राजनीतिक प्रगति र उपलब्धिबारे उल्लेख गर्नुभएको थियो ।

विभिन्न राष्ट्रमा नेपालको संविधान दिवस मनाइयो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More