बैठकमा प्रचण्डको सम्बोधन ‘पार्टी अब यसरी चल्दैन’

17 July, 2017 18:44 | राजनीति | comments | 9750 Views

पार्टी केन्द्रीय कार्यलय पेरीसडाँडामा सुरु भएको माओवादी केन्द्रको केद्रीय सचिवालयको विस्तारीत बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब यसरी नचल्ने भन्दै निर्मम समिक्षा गर्नु पर्ने समय आएको बताएका छन् ।

उनले जनताले चाहेजस्तो हुन नसक्नुनै पराजयको मुख्य कारण भएको बताउँदै माओवादी किन यस्तो भयो ? भनि प्रश्न गरेका छन् । बैठकको सुरुमा बोल्दै उनले अब आफुलाई छान्नेकी पार्टीलाई भन्ने समय आएको बताएका छन् । उनले भने ‘माओवादी जनताले खोजेजस्तो हुन सकेन, जनताले यस्तो माओवादी खोजेको होइन, जनचाहनाअनुसार हुन नसक्नु नै पराजयको मुख्य कारण हो ।’

चुनाव हार्नुमा जनतालाई मात्र नबुझेको भन्नु गलत भएको भन्दै उनले आफुहरुसँग भएका पर्याप्त एजेन्डालाई जन्ता सम्म पुर्याउन नसक्नु पार्टी हारको मुख्य कारण भएको समेत बताए । साथै उनले एक तप्का माओवादी हराउनलाई ठुलै डिजाइनका साथमा लागेको र उक्त डिजाइन चिर्न नसक्नु पार्टीको कमजोरी भएको उनको भनाई रहेका छ।

उनले पार्टी भित्र मौलाउँदै गएको गुट संस्कृती प्रति कडा टिप्पणी गरे उनले भने ‘आजैबाट गुट विघटन गरौँ, होइन भने घोषितरुपमै गुट चलाउँ ।’ करिब डेढघण्टा बोलेका अध्यक्ष प्रचण्डले कुनै लिखित प्रस्ताव भने पेश गरेका छैनन् । उनले अधिकासं समय पार्टीलाई ठुलो सम्झनेकी ब्यक्तिकेन्द्रीत हुने भन्ने विषयमा आफैले आफैलाई समिक्षा गर्ने समय आएको तर्पm ध्यानआकर्षणा गराएका थिए ।

अध्यक्षको ब्रिफिङपछि जिल्ला इञ्चार्जहरुले रिपोर्टिङ गर्ने क्रम सुरु भएको छ । बैठकमा सचिवालय सदस्य र ७५ वटै जिल्लाका इञ्चार्जहरु सहभागी छन् । जिल्ला इञ्चार्जहरुको रिपोर्टिङपछि पुन अध्यक्षले बोल्ने कार्यसूची छ । बैठक तीन दिनसम्म चल्ने बताइएको छ ।

माओवादी केन्द्रीय सचिवालयको विस्तारित बैठक सुरु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More