बैतडीमा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगायो

23 September, 2017 09:35 | राजनीति | comments | 5400 Views

माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) बैतडीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

तीनदेखि बसिरहेको जिल्ला कमिटीको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्वसभाषद् एवं पार्टी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर (विजयसुन्दर)लाई अघि सारेको छ । यसैगरी प्रतिनिधिसभामा समानुपातिकतर्फ पूर्वसभाषद् एवं माओवादी पोलिटब्युरो सदस्य रेणु चन्दलाई उम्मेदवार बनाएको वाईसीएल जिल्ला इन्चार्ज कमल बोहराले जानकारी दिनुभयो ।

यस्तै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ मा पार्टीका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य ) र क्षेत्र नं २ मा गोपाल चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको उहाँले बताउनुभयो । प्रदेशसभाका लागि समानुपातिकतर्फ जिल्ला कमिटी सदस्य भुवनचन्द्र विश्वकर्मालाई (शान) उम्मेदवार बनाउने निर्णय भएको छ । उम्मेदवारको टुंगो लगाएसँगै माओवादी केन्द्रले चुनाव प्रचारप्रसारलाई तीव्रता दिने निर्णयसमेत गरेको छ ।

बैतडीमा पहिलो चरणमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुनेभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More