बैसाख ९ गते पार्टी एकता गर्ने संस्थागत निर्णय नभएको छैन: रावल

12 April, 2018 20:34 | राजनीति | comments | 71850 Views

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले-माओवादी केन्द्रबीचको एकता समानताको आधारमा हुने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उपाध्यक्ष रावलले पार्टी एकता समानताकै आधारमा हुने दावी गरेका हुन् ।

adsads
उनले भने, ‘सम्मानजनक रुपमै एकता हुन्छ, यसमा कुनै दुईमत छैन ।’ रावलले संख्यात्मक रुपमा को व्यक्ति कहाँ रहन्छन् भन्ने विषयमा भने छलफल गर्न बाँकी नै रहेको बताए ।

‘संख्यात्मक दृष्टिकोणले को व्यक्ति कहाँ, कति रहन्छन् ? भन्ने कुरामा संस्थागत रुपमा छलफल गर्न बाँकी छ, त्यो छलफल भएपछि जानकारी हुन्छ’ रावलले भने ‘तर प्रचण्डजीले समानताका आधारमा हुनुपर्छ भनेको कुरालाई मैले कसरी बुझेको छु भने दुईवटा पार्टी एक ठाउँमा आएपछि समानताको आधारमा हुने हो नि त, एउटा पार्टी ठूलो गज्जबको, अर्को केही पनि होइन भनेर एकता हुँदैन कहिल्यै पनि ।’

उपाध्यक्ष रावलले दुई पार्टीबीच बैशाख ९ गते एकता घोषणा गर्ने भन्ने सामान्य समझदारी भएको भए पनि संस्थागत निर्णय नभएको जिकिर गरे ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More